२५ दिनपछि गाडिएको अवस्थामा सुजिताको शव फेला
काठमाडौँ । महोत्तरीको लोहारपट्टी नगरपालिका ७ भ्रमरपुरा गाउँमा हत्या गरी गाडिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । परिवारजनले गत जेठ २० गते बिहान घरबाट हराएको भनिएको स्थानीय मुकेश ठाकुरकी पत्नी सुजिता ठाकुरको शव गाडिएको अवस्थामा फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यका अनुसार भ्रमरपुरा गाउँको मनरहीया वनमा रहेको पतिराम ठाकुर (मृतकका ससुरा)को खेतमा गाडिएको अवस्थामा शवका अवशेष फेला परेका हुन् । गत १९ गते राति नै हत्या गरी ससुरा पतिराम, देवर रुपेश र पति मुकेशले उनको शव घरभन्दा करिब ३ किलोमिटर पूर्व दक्षिणमा रहेको मनरहिया वन नजिकको खेतको पश्चिम उत्तर कुनामा गाडिएको प्रहरीले जनाएको छ । आज २५ दिनपछि उनको शवका अवशेषहरू फेला परेको हो ।
मृतकका माइती पक्षले शव उत्खनन् गर्न दबाब दिएपछि प्रहरीले उत्खनन् गर्दा खाल्डोमा मृतकको कपाल, प्लाष्टिकको डोरी, रगत, केमिकल र नुन मिसिएको माटो, तन्ना, महिलाले लगाएको लुगा फेला परेको हो । घटनाको २५ दिनपछि उनको शरीर गलिसकेको र केही अवशेषहरू मात्रै बाँकी रहेको थियो ।
माइती पक्षले सुजिताको हत्या गरी मनरहिया वनमा गाडेकाले उत्खनन गरी जाँच गरिदिन प्रहरीसँग माग गरेका थिए । माइती पक्षले प्रहरीलाई छोरीको हत्या गरेको जानकारी दिए पनि छोरीकै चरित्रमाथि प्रश्न चिह्न गरी सहयोग नगरेको बताएका छन् । सामाजिक अभियन्ता जिल्ला प्रहरी, प्रदेश प्रहरी, प्रदेश नं २ को आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादव र मधेशी आयोगको दबाबमा सुजिताको शव उत्खनन भएको उनकी आमा सुनिताले जानकारी दिइन् ।
मृतकका देवर रुपेशले सुजितालाई मारेको स्वीकार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । तर, प्रहरीले उक्त भिडियोलाई प्रमाण मानेको थिएन । अहिले घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
खोटाङका तीन स्थानीय तहमा आइतबार पनि पठनपाठन
विश्वकप लिग-२ः ओमानमाथि युएईको जित
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया