तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
मेरोन्यूज
२०८३ वैशाख ११ गते २१:१६

काठमाडौँ- केन्द्रीय अनुसन्धान ब्यूरोले तत्कालीन किष्ट बैङ्क घोटाला प्रकरणमा फरार टेलर हेड रोहितलाल श्रेष्ठलाई पक्राउ गरेको छ । उक्त बैंकको नक्कली कागजात, छाप, बैंक कर्मचारी र सुरक्षा गार्डसमेत तयार गरी बैंकलाई झुक्काई हानी नोक्सानी गरेको मुद्दामा सर्वोच्च अदालतबाट २०८० असोज १५ गते दुई वर्ष कैद सजाय तोकिएका उनलाई आज महाराजगन्जबाट पक्राउ गरिएको हो ।
अदालतले उनलाई रु १३ लाख ३३ हजार ३३३ जरिवानासमेत गरेको थियो । सो बैङ्कको ठमेल शाखामा जुनियर असिष्टेन्ट पदमा कार्यरत उनले टेलर हेडको जिम्मेवारीमा रहदा उक्त घोटाला गरेको अनुसन्धानबाट खुलेको छ ।
निज श्रेष्ठलाई फैसला कार्यान्वयनको लागि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको व्यूरोका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए।
सम्बन्धित
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
मन्त्रिपरिषद् निर्णयः संसद्को ‘विजनेस’का लागि अधिवेशन स्थगन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
प्रतिक्रिया