राजीनामा दिएका पुनः निर्माणका इञ्जिनियर काममा फर्कने

काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाई (भवन)अन्तर्गतका प्राविधिक कार्य क्षेत्रमा फर्केर पुनःनिर्माणका काममा क्रियाशील हुन सहमत भएका छन् । उनीहरूले गत शुक्रबार सामूहिक राजीनामा दिएका थिए ।
प्राधिकरणमा आइतबार भएको छलफलपछि इञ्जिनियरले पाउने सञ्चार, यातायात तथा स्थानीय भत्ता उपलब्ध गराउने, प्राविधिकलाई आवश्यक पर्ने तालिमका साथै विभिन्न निकायमा व्यवस्थापन गर्न पहल गर्नेलगायतका विषयमा सहमति भएको हो ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको उपस्थितिमा भएको छलफलपछि एकाईका आयोजना निर्देशक श्यामकिशोर सिंह र आन्दोलनरत प्राविधिकतर्फबाट अविनाश अमरले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।
सहमतिपछि अमरले माग पूरा भएकामा खुशी व्यक्त गर्दै उनले सबै प्राविधिक काममा खटिने र असार मसान्तभित्र लाभ ग्राहीको मुहारमा खुशी ल्याउने प्रतिबद्धता व्यक्त गरे ।
ओखलढुंगामा कार्यरत स्व इञ्जिनियर राजा साहको काम काजकै क्रममा मृत्यु भएकामा परिवारजनलाई बिमाको रकम उपलब्ध गराउन पहल गरिने सहमति भएको छ ।
प्राधिकरणअन्तर्गत रहेर कामकाज गरेका कर्मचारी, प्राविधिक, सामाजिक परिचालक, डकर्र्मीसमेतको काम अनुभवसहितको विवरण तयार पारी अनलाइन पोर्टलमा समेत राख्ने सहमति भएको छ । यस विवरणलाई सम्बन्धित निकायमा भावी प्रयोजनका लागि प्राधिकरणले पठाउने भएको छ ।
प्राविधिकले पाउनु पर्ने सञ्चार तथा यातायात खर्च र स्थानीय भत्ता चालू आर्थिक वर्ष २०७७-७८ को साउन महिनादेखि नै नियमानुसार उपलब्ध गराइने सहमति भएको छ । सरकारले लिएको विपद् जोखिमबाट सुरक्षित नेपाल महाअभियानको १० वर्षे लक्ष्यमा समाहित हुने गरी प्राधिकरणअन्तर्गतका प्राविधिकलाई ग्राह्यता दिन पहल गर्ने सहमति भएको छ ।
















हुलाकबाट घरमै राहदानी वितरण १४ जिल्लामा सुरु, साढे दुई लाख सवारी ‘लाइसेन्स’ ढुवानी
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
रुवान्डामाथि नेपालको जित
पहुँचका भरमा कर्मचारीले लिएका गाडी धमाधम फिर्ता लिँदै सरकार
बागलुङमा पालिकाबाटै स्थायी लेखा नम्बर वितरण
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
प्रतिक्रिया