उपत्यकामा सार्वजनिक सवारी साधन चल्ने, यस्ता छन् निर्णयहरू

काठमाडौँ । काठमाडौँ उपत्यका प्रशासनले जारी निषेधाज्ञा खुकुलो बनाउँदै थप एक साता लम्बिने भएको छ । सोमबार बिहान बसेको उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरू (सिडिओ)को बैठकले सार्वजनिक सवारी साधान चल्ने गरी निषेधाज्ञा थप गरेको हो ।
कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथामका लागि जारी निषेधाज्ञालाई खुकुलो बनाउने क्रममा जोर–बिजोर प्रणालीको आधारमा २५ सिटभन्दा बढी क्षमताका सार्वजनिक सवारी साधन उपत्यकाभित्र संचालन गर्न दिने निर्णय भएको ललितपुरका सिडिओ ढुण्डीप्रसाद निरौलाले जानकारी दिए । भौतिक दूरी कायम गर्दै ती सवारी साधनलाई मंगलबारदेखि सञ्चालन गर्ने अनुमति दिइएको उनले बताए ।
ती बसहरूले स्वास्थ्य मापदण्ड पालना गर्नु पर्ने, बसमा सेनिटाइजर राख्ने तथा सिटमा यात्रुको दूरी राख्नु पर्ने मापदण्ड तोकिएको छ ।
यस्तै, बैठकले होटल, रेष्टुरेन्ट र होम डेलिभरी गर्न पाउने व्यवस्था गरिएको छ । होटलमा विवाह गर्न नपाउने, घरबाट विवाह गर्दा २५ जना सहभागी हुनु पाउने सिडिओ निरौलाले बताए ।
यसैगरी, मंगलबारदेखि काठमाडौँ उपत्यकामा किराना तथा खाद्यान्न पसलहरू दिनभर सञ्चालन गर्न पाउने भएको छ । बैठकले किराना तथा खाद्यान्न पसल बिहानदेखि साँझ ६ बजेसम्म खोल्न दिने निर्णय गरेको हो ।
यसअघि बार तोकिएका पसलहरूलाई हरेक दिन खुल्न पाउने व्यवस्था गरिएको छ । ललितपुर सिडिओ निरौलाका अनुसार सर्तसहित पसलहरू सञ्चालन गर्न अनुमति दिने निर्णय भएको हो ।













गैरमुस्लिम विदेशीका लागि साउदी अरबमा रहेकाे एकमात्रै मदिरा पसलमा ग्राहककाे भिड
बालुवाटारमा प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछाने भेटवार्ता जारी
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
निर्वाचनको तयारीबारे भोलि प्रधानमन्त्रीसहितको सर्वपक्षीय छलफल
गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया