माधव नेपाल भन्छन् : प्रधानमन्त्रीको भनाई रेकर्ड गरेर राख्नुस, सवैले सिक्नुपर्ने खालको छ

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्री केपी ओलीका भनाई लाई रकेर्ड गरेर राख्न आग्रह गरेका छन् । नागकिर समाज, वौद्दिक समाुदायसँगको सोमबार नयाँ बानेश्वरको ल्होत्से हलमा आयोजित अन्र्तक्रिया कार्यक्रमलाई सम्वोधन गदै नेता नेपालले ओलीको माधव नेपाल लगायत नेताहरुसँग गरेको टिप्पणी प्रति संकेत गदै छोटो प्रतिक्रिया दिएका हुन् ।
‘आजै विहान पनि प्रधानमन्त्रीले के के बोल्नुभयो, तपाईहरुले सुनिसक्नुभएको छ,’ माधव नेपालले भने,–‘प्रधानमन्त्रीको भनाई रेकर्ड गरेर राख्नुस । सवैले सिक्नुपर्ने खालको छ ।’
प्रधानमन्त्री केपी ओलीले माधव नेपाललाई प्रचण्डको मामुली कार्यक्र्ता भएको भन्दै उनलाई प्रधानमन्त्री प्रस्ताव गर्न आफुलाई बहुला कुकुरले टोकेको छ र रु भन्दै कडा टिप्पणी गरेका थिए । ओलीले नेपाललाई भनेका थिए,–‘मैले भनेको थिएँ, माधव नेपाल प्रचण्डको मामुली कार्यकर्ता हुन् । तर, धाक के लगाएर हिँडेका छन्, भने केपी ओलीले मलाई प्रधानमन्त्रीको प्रस्ताव राख्यो १ मलाई बहुला कुकुरले टोकेको छ र रु अरु कोही नपाएर यस्ता मान्छेलाई प्रधानमन्त्री प्रस्ताव केपी ओलीले राख्ला रु यिनी एक ढंगले भन्ने हो भने प्रचण्डका पुच्छर हुन् । पुच्छर भएपछि जन्तु पूर्वतिर फर्कियो भने त्यो पश्चिमतिर हुन्छ, पश्चिमतिर फर्कियो भने त्यो पूर्वतिर हुन्छ । तर, सँगै हुन्छ ।’
ओलीले गरेको त्यस्तो अभिब्यक्ति ध्यान दिनुपर्ने खालको रहेको भन्दै उनले त्यसलाई रेकर्ड गरेर राख्न आग्रह गरेका थिए । उनले सवैले सिक्नुपर्ने खालको अभिब्यक्ति भन्दै ब्यङग्य गरेका थिए । उनले आफ सवै कुराको तथ्यमा रहेर जवाफ दिन तयार रहेको पनि वताएका थिए ।
नेता नेपालले अहिले आफु जुन अवस्थामा रहेपनि भोलिका दिनमा कसरी अगाडी बढ्ने भन्नेमा जे ढंगले बढेपनि राष्ट्र, लोकतन्त्रका लागि ढृढतासाथ लाग्ने प्रतिवद्धता जनाएका थिए ।
उनले राम्रो काम गर्न सकिएन भनेपनि नराम्रो काम नगर्ने भन्दै हिजोका दिनमा पनि गलत काम नगरेको जिकिर गरेका थिए ।
















सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिम मधेशसँग ५ विकेटले पराजित
नुवाकोटमा पहिरोमा पुरिएर एकजनाको मृत्यु, स्काभेटर चालक बेपत्ता
अमेरिकाकाे युद्धविराम प्रस्ताव इरान पुगेको दाबी
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
प्रतिक्रिया