उस्तै परे ओलीले माधव नेपालको खुट्टामा ढोग्न पनि सक्छन् : प्रचण्ड
‘संवैधानिक निकायमा गिरोह नियुक्ति गर्ने र गिरोहमार्फत चलाउने प्रयास भईरहेको छ, हामी त्यो अन्त्य गछौं’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले उस्तै परे केपी ओलीले माधव नेपालको खुट्टामा ढोग्न पनि बेर नलगाउने बताएका छन् । आफनो सरकार टिकाउनका लागि उनी जे सुकै पनि गर्न तयार रहेको भन्दै त्यस्तो टिप्पणी गरेका हुन् ।
विपक्षी कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल समुह, जनता समाजवादीको उपेन्द्र बाबुराम पक्ष र राष्ट्रिय जनमोर्चाले सोमबार नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा वुद्धिजिवि र नागरिक समाजका अगुवाहरुसँग गरेको अन्र्तक्रिया कार्यक्रमलाई सम्वोधन गदै प्रचण्डले ओलीले उनलाई आवश्यक पर्दा जे पनि गर्ने गरेको प्रवृतिको बारेमा बताएका हुन् ।
म पनि भष्टाचार गर्दिन, अरुलाई पनि गर्न दिन्न भन्ने प्रधानमन्त्रीको भनाईमा ब्याङग्य यदै प्रचण्डले ओली नेतृत्वको सरकार नै करोडौं भष्टाचार गरिरहको आरोप पनि लगाए ।
सम्वैधानिक निकायमा ओलीले आफ्नो गिरोहलाई नियुक्ति गर्ने र गिरोहमार्फत सम्वैधानिक नियुक्तिहरु गर्ने काम गरिरहेको भन्दै त्यसमा आफुहरु सहमत नरहेको बताए । उनले आफुहरु त्यस्तो गिरोह अन्त्य गर्ने काममा लागेको पनि वताए ।
उनले सरकारले खोप ल्याउने र जनताको जीवनरक्षामा पनि सरकारले आर्थिक अनियमितिा गरिरहेको कारण खोप ल्याउन नसकेको बताए । तर उनले अदालतबाट संसद पूर्नस्थापना भएपछि बन्ने आफुहरुको सरकारले सवै जनतालाइृ खोप लगाउने वातावरण निर्माण गर्ने गरी पहिलो काम गर्ने विषयमा विपक्षी गठवन्धन दलभित्रै अहिले नै सहमति भईसकेको प्रचण्डको भनाई थियो ।
अदालतले संसद पूर्नस्थापना हुनेमा आफुहरु विश्वस्त भएको पनि वताए । तर अदालतलाई ओली प्षले अहिले धम्काउने, थर्काउने र खैचडी वजाउने प्रयास गरिरहेको पनि आरोप लगाए ।
















अर्थ मन्त्रालयद्वारा अर्धवार्षिक समीक्षामार्फत सुधारका योजना सार्वजनिक
फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने
महाशिवरात्रि पर्वलाई सभ्य र भव्य बनाउन यस्ताे छ तयारी
परराष्ट्र मन्त्री र अर्थमन्त्रीसँग कतारी प्रतिनिधि मण्डलको भेटवार्ता
अस्वाभाविक लक्ष्य, सञ्चित कोषको चाप र पूर्वतयारीविनाका आयोजनाका कारण खर्च अनुमान घट्यो : अर्थमन्त्री
थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
फेरि तीन लाख नाघ्यो सुनको मूल्य
युक्रेन र रुस युद्ध जुन भित्रमा अन्त्य गर्न अमेरिकी दबाब रहेको जेलेन्स्कीको भनाइ
प्रतिक्रिया