भोलिबाट मुलुकका अधिकांश स्थानमा भारी वर्षा हुने, सतर्कता अपनाउन आग्रह

काठमाडौं । आगामी बुधबारबाट मनसुनी न्युन चापीय रेखा नेपालको तराई नजिक रहने भएको छ ।
मनसुन सक्रिय भई देशको प्रदेश १, प्रदेश २, वागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रदेश १, प्रदेश २, वागमती, लुम्बिनी र गण्डकी प्रदेशका केहि स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
उक्त प्रदेशहरुको पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध छ ।
मौसम पूर्वानुमान महाशाखाले यस प्रणालीलाई निरन्तर अनुगमन गरिरहेको जनाएको छ । सोही अनुसार नियमित रूपमा अद्यावधिक गर्दै जाने पनि उल्लेख गरेको छ। महाशाखाले सबैलाई अद्यावधिक मौसमी सुचनाको जानकारी लिन हुन अनुरोध गरेको छ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र देशको दक्षिणी भू–भाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको छ। हाल देशभर सामान्यदेखि पूर्ण बदली रहि गण्डकी, लुम्बिनी, र वागमती प्रदेशका केहि स्थानहरुमा वर्षा भईरहेको छ ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । प्रदेश १, गण्डकी प्रदेशका एक÷दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ । यस्तै आज राती देशभर सामान्य देखि पूर्ण बदली रहनेछ ।
प्रदेश १, प्रदेश २, वागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुका साथै लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना छ।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
सुकुम्वासी बस्ती खाली गर्न लागिएको विरूद्धको रिटमा कारण देखाउ आदेश जारी
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
थापाथलीको सुकुमवासी बस्तीमा चल्यो डोजर, सामान सार्न सघाउँदै प्रहरी
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
प्रतिक्रिया