सरकार कृषि क्षेत्रलाई तहसनहस बनाउन लागि पर्योः गौतम

काठमाडौं । नेकपा एमालेका नेता एवम् अखिल नेपाल किसान महासंघका अध्यक्ष वामदेव गौतमले सरकारले किसान विरोधी कदम चालेर कृषि क्षेत्रलाई तहसनहस पार्ने काम गरेको भन्दै त्यसको भर्त्सना गरेका छन् ।
१८ औं धान दिवसको अवसरमा विज्ञप्तिमार्फत् शुभकामना दिंदै नेता गौतमले कृषि क्षेत्रको विकासमा सरकार बाधक बनेको बताए ।
सरकारले बहुराष्ट्रिय कम्पनीलाई नेपालको प्राथमिक उत्पादनको क्षेत्रमा प्रवेश गराउनका लागि वैदेशिक लगानी व्यवस्था ऐनको अनुसूची संशोधन गरेर अनुकूल गरेर किसानलाई बेरोजगार र घरबारबिहीन बनाउन खोजेको उनको आरोप छ ।
‘हामीले पहिल्यैदेखि भन्दै आएका हौं, नेपालको कृषि क्षेत्रमा बहुराष्ट्रिय कम्पनीलाई प्रवेश गर्न दिइनुहुँदैन । यदि त्यसो गरियो भने नेपाली किसान जनताका हक, अधिकार र समृद्धिका सम्पूर्ण योजना भताभुङ्ग हुन्छन्,’ उनले भनेका छन् ।
नेता गौतमले आफूहरूले धेरै वर्षअघिदेखि भूमि बैंकको बिरोध गर्दै आएको बताए । ‘भूमि बैंक भनेको विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषहरूले अगाडि सारेका एजेण्डा हुन् ।
इण्डोनेशिया र फिलिपिन्समा पूर्णतः असफल भइसकेको यो कार्यक्रम अहिले हाम्रो देशमा ल्याउने काम वर्तमान सरकारबाट भएको छ,’ उनले भनेका छन् ।
उनले निश्चित व्यापारिक घरानालाई पोस्ने गरी करार खेती भित्र्याउन सरकार दत्तचित्त भएर लागेको भन्दै यो नेपालको संविधान २०७२ मा उल्लेखित खास सम्प्रभुताको विरुद्ध रहेको समेत बताए ।
‘करार खेती भनेको एक किसिमको कर्पोरेट मोडकलको कृषि कार्य हो, जहाँ व्यापारिक म्पनी हावी हुन्छन् र कृषक समुदाय पूर्णतः विस्थापित हुन्छन् । भारतदेखि युरोपेली मुलुकका किसानहरू यस्तो खेती प्रणालीबाट प्रताणित छन् । कतिपय मुलुकमा किसान यस्तो खेती प्रणालीविरुद्ध छन् ,’ विज्ञप्तिमा उल्लेख छ ।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
सुकुम्वासी बस्ती खाली गर्न लागिएको विरूद्धको रिटमा कारण देखाउ आदेश जारी
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया