मंगलबार, वैशाख १५, २०८३

दुई महिनापछि सार्वजनिक बस सञ्चालनमा, बसका मजदुरको रोजीरोटी खुल्यो

मेरोन्यूज २०७८ असार १५ गते ९:१९
फाइल फोटो

काठमाडौं । गत बैशाख १६ गते निषेधाज्ञा सुरु भएपछि ग्यारेजमा थन्किएका सार्जजिनक बस आजबाट सञ्चालनमा आएका छन् ।

Advertisement
NiccNicc

काठमाडौं उपत्यकाका तीनै जिल्ला काठमाडौं भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले आजबास बस सञ्चालन गर्न दिने निर्णय गरेको हो । सोही निर्णय अनुसार आजबाट बस सञ्चालनमा आएका हुन् ।

यद्धपी स्वास्थ्य मापदण्ड पालना गर्दै २५ सिट क्षमता भन्दा बढीका बस मात्र सञ्चालनमा आएका छन् । बस विहान ६ देखि बेलुका ७ बजेसम्म मात्र चलाउन पाइने छ ।

सार्वजनिक बस चलाउन दिने सम्वन्धी तीन जिल्लाका सीडीओको बैठकको निर्णय
काठमाडौं उपत्यका भित्र मात्र सञ्चालन हुने २५ सिट क्षमता भन्दा बढीका सार्वजनिक यात्रु बाहक सवारी साधन जोर बिजोर प्रणालीमा सञ्चालन गर्ने । सार्वजनिक यात्रु बाहक सवारी साधन सञ्चालन गर्दा स्वास्थ्य मापदण्डको पूर्ण परिपालना गर्दै भौतिक दुरी कायम हुने गरी (कुल स्वीकृत सिट क्षमता भन्दा बढी संख्यामा यात्रु नराख्ने गरी) बस्ने व्यवस्था मिलाउने, चालक, सहचालक तथा यात्रुले अनिवार्य मास्क लगाउने, सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनुपर्ने, सहचालकले पञ्जा लगाउनुपर्ने र अनिवार्य रुपमा सवारी साधन दैनिक निसंक्रमित गर्नुपर्ने । सार्वजनिक सवारी साधन विहान ६ बजेदेखि साँझ ७ बजेसम्म मात्र सञ्चालन गर्ने ।

प्रतिक्रिया