एमाले स्थायी कमिटी बैठक पाँच बजे बस्ने

काठमाडौं । नेकपा एमाले स्थायी कमिटीको बैठक आज साँझ पाँच बजे बस्ने भएको छ । एमाले केन्द्रिय पार्टी कार्यालयका सचिव शेर बहादुर तामाङका अनुसार साँझ पाँच बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । आज बस्ने स्थायी कमिटीको बैठकले एमाले १०औं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बुधबारका लागि बोलाउने एमालेले जनाएको छ ।
बालुवाटारमा बिहान ११ बजे बस्ने एमाले महाधिवेशन आयोजक कमिटीको बैठकले बिहिबार एमाले केन्द्रिय कमिटीको बैठक बोलाउने एमालेले जनाएको छ । एमाले नेता माधब कुमार नेपाल पक्षसहितको केन्द्रिय कमिटी बैठक बस्ने जनाइएको छ । १०औं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकले एमाले पार्टीलाई २ जेठ २०७५ को अवस्थामा फकाउने छ ।
पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गत फागुन २८ गते एमालेको ९औं महाधिवेशनबाट निर्वाचित कमिटीलाई भंग गरेर १० औं महिधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरेका थिए । त्यसपछि एमालेमा विवाद हुँदै आएको छ । नेपाल पक्षले एमालेलाई २ जेठ २०७५ अवस्थामा फर्काउनु पर्ने सर्त राख्दै आएको छ ।
सर्वोच्च अदालतले १०औं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिएपछि र नेपाल पक्षको माग सम्बोधन गर्नको लागि एमालेलाई पहिलेको अवस्थामा फकाउन लागिएको जनाइएको छ ।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
थापाथलीको सुकुमवासी बस्तीमा चल्यो डोजर, सामान सार्न सघाउँदै प्रहरी
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
प्रतिक्रिया