एमाले स्थायी कमिटी बैठक पाँच बजे बस्ने

काठमाडौं । नेकपा एमाले स्थायी कमिटीको बैठक आज साँझ पाँच बजे बस्ने भएको छ । एमाले केन्द्रिय पार्टी कार्यालयका सचिव शेर बहादुर तामाङका अनुसार साँझ पाँच बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । आज बस्ने स्थायी कमिटीको बैठकले एमाले १०औं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बुधबारका लागि बोलाउने एमालेले जनाएको छ ।
बालुवाटारमा बिहान ११ बजे बस्ने एमाले महाधिवेशन आयोजक कमिटीको बैठकले बिहिबार एमाले केन्द्रिय कमिटीको बैठक बोलाउने एमालेले जनाएको छ । एमाले नेता माधब कुमार नेपाल पक्षसहितको केन्द्रिय कमिटी बैठक बस्ने जनाइएको छ । १०औं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकले एमाले पार्टीलाई २ जेठ २०७५ को अवस्थामा फकाउने छ ।
पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गत फागुन २८ गते एमालेको ९औं महाधिवेशनबाट निर्वाचित कमिटीलाई भंग गरेर १० औं महिधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरेका थिए । त्यसपछि एमालेमा विवाद हुँदै आएको छ । नेपाल पक्षले एमालेलाई २ जेठ २०७५ अवस्थामा फर्काउनु पर्ने सर्त राख्दै आएको छ ।
सर्वोच्च अदालतले १०औं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिएपछि र नेपाल पक्षको माग सम्बोधन गर्नको लागि एमालेलाई पहिलेको अवस्थामा फकाउन लागिएको जनाइएको छ ।










सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन
एसएसपी विश्व अधिकारी डीआईजी बढुवाका लागि सिफारिस
जेनजी आन्दोलनका क्रममा फरार दुई थुनुवा पक्राउ
जाडोमा गुड खानुका फाइदै फाइदा, दिनमा कति खाने ?
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
जेनजी आन्दोलनका अमर प्रहरी राय, यही वर्ष जापान जाने तयारीमा थिए
प्रतिक्रिया