प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा संवैधानिक इजलास बहस जारी

काठमाडौं । प्रतिनिधिसभा विघटन बिरुद्ध परेको रिटमा संवैधानिक इजलासमा सुनुवाई सुरु भएको छ । मंगलबारको सुनुवाईमा सरकार पक्षबाट नायव महान्यायाधिवक्ता पदम प्रसाद पाण्डेयले बहस सुरु गरेका छन् । जारी सुनुवाईमा उनलाई २ घण्टा समय छुट्याइएको छ ।
सोमबार सरकारको तर्फबाट महान्यायाधिवक्ता रमेश बडालले बहस गरेका थिए । उनले ३ घण्टा २० मिनेट बहस गरेका हुन् । विपक्षी गठबन्धन वा रिट निवेदकको तर्फबाट बहस सकिएको छ ।
कांग्रेस सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन र प्रतिनिधि सभाको पुनस्थापना गर्न माग सहित १ सय ४६ जना सांसदले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।
प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाई गर्न संवैधानिक इजलासमा प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीश दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा। आनन्दमोहन भट्टराई रहेका छन् ।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
प्रतिक्रिया