प्रधानन्यायाधीशले सोधे : प्रधानमन्त्रीले संसद छल्न मिल्छ ?
मेरोन्यूज
२०७८ असार १५ गते १३:००

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले सरकारको पक्षबाट बहस गरेका नायब महान्यायाधिवक्ता पदम प्रसाद पाण्डेयलाई प्रश्न गरेका छन् ।
संसद विघटनविरुद्धको मुद्दाको बहसमा प्रधानन्यायाधीशले प्रधानमन्त्रीले विश्वासको मत लिन संसदमा जानु पर्ने होइन र ? भनेर प्रश्न गरेका हुन् ।
पाण्डेयले विश्वासको मत पाउँदिन भन्ने ठानेर प्रधानमन्त्रीले धारा ७६ (३)अनुसार बस्दिन भनेर विश्वासको मत नलिई राष्ट्रपतिकहाँ गएको बताएलगत्तै प्रधानन्यायाधीशले भने, ‘विश्वासको मत प्राप्त गर्न र नगर्न संसदमा जानु पर्ने हैन र ? तर, संसदलाई छल्न मिल्छ ?’
प्रधान्यायाधीशको प्रश्नपछि पाण्डेयले विश्वासको मत नपाउने भएपछि संसदमा नगएको बताएका थिए । उनले भने, ‘मत पाउँदिन भन्ने लागेपछि संसदमा जानु पर्दैन, मेरो तर्क यही हो ।’
सम्बन्धित
प्रतिक्रिया