आजको राशिफल : आषाढ १६ गते बुधबार

काठमाडौं । आज २०७८ साल आषाढ महिनाको १६ गते बुधबार, आषाढ कृष्णपक्षको षष्ठी तिथि । अब लागौं आजको राशिफलतर्फ ।
मेष
प्रभावकारी बोली हुने छ । पेशागत जीवनमा राम्रो नतिजाहरु आउने छन् । समय सकारात्मक देखिन्छ । नोकरी तथा व्यापारमा रहेकाहरुलाई लाभ मिल्ने छ । रियलस्टेटसँग सम्बन्धि व्यवसाय गर्नेहरुको हकमा भने समय अझै प्रतिकुल नै रहने छ ।
वृष
भाग्यले साथ दिएको छ । पेशागत क्षेत्र सकारात्मक हुने छ । तर बोलीमा भने कटुताको मात्रा बढि हुने भएकाले यस विषयमा ध्यान दिनु होला । ठेक्कापट्टा, निर्माण सामग्री, डण्डि, सिमेण्ट जस्ता क्षेत्रमा कार्यरतहरुलाई फाइदा मिल्ने छ । पारीवारिक जीवनमा द्वन्दको सामना गर्नु पर्ने छ ।
मिथुन
दृढ खालेको व्यक्तित्व हुने छ । पेशागत जीवनमा औसत समय सक्रिय रहेको छ । पारीवारिक जीवनमा भने झैझगडाको अवस्था देखा पर्ने छ । भाग्यको साथ नरहेकाले कार्यसफलता कम हुन जाँदा मनमा निराशा देखा पर्ने हुँदा निराश नभई कर्मको मात्रालाई निरन्तरता दिने प्रयास गर्नु होला ।
कर्कट
मनमा उदासिनताको मात्रा बढ्न जाँदा निराशाले गाँज्ने छ । दुविधाग्रस्त व्यक्तित्व हुने छ । अरुले हेर्दा र आफूलाई पनि मनोबल कमजोर भएको महशुस लाग्ने छ । साझेदारीमा गरिएका कामबाट भने राम्रो नतिजा प्राप्त हुने छ ।
सिंह
राजनीतिक क्षेत्रमा रहकोहरुलाई केही फाइदा मिल्ने छ, अरुको पेशाका हकमा समय औसत रहेको छ । आम्दानी गर्नु पर्छ है भन्ने स्वाभावमा बढोत्तरी हुने छ । सुख सुविधा भोग गर्दै आएका क्षेत्रहरु गुमाउनु पर्ने छ । होटल, रेष्टुरेण्ट, घर घडेरी जस्ता क्षेत्रमा सक्रियहरुलाई समय प्रतिकुल छ ।
कन्या
पेशागत पक्ष सकारात्मक रहन्छ तर प्रतिष्पर्धीहरुसँग बढि मात्रामा जुध्नका लागि समय खर्च गर्नु पर्ने हुने छ । मनमा दुविधाका क्षणहरु धेरै आउने छन् । आम्दानीमा कमि आउँदा पारीवारिक दबाब उत्पन्न हुन जाने छ । अध्ययन अध्यापनमा केही तिब्रता आउने छ ।
तुला
समय धैर्य भएर चल्नु पर्ने खालको छ । चतुरताको अभाव हुने छ । पेशागत जीवनमा उतार चढाव आउने भएकाले धैर्य भएर पाइला चाल्नु होला । कार्यालय तथा व्यापारीक क्षेत्रमा आउने द्वन्दमा आफ्नो अवस्था कमजोर हुने भएकाले यसबारेमा सतर्क भई चल्नु राम्रो हुने छ ।
वृश्चिक
भाग्यको साथ नरहेकाले काम गर्ने तर पनि अपजस खेप्नु पर्ने परिस्थिति आउने छ । मनमा निराशाका विचारहरुले सताउने छ । पेशागत जीवनमा उतार चढावको अवस्था देखा पर्ने भएकाले सतर्क भएर कदम चाल्नु होला । समय सतर्क हुनु पर्ने खालको छ ।
धनु
जीवनसाथिको साथ वा सल्लाह अनुसार काम गरेमा सफलता प्राप्त हुने छ । मनोबलको कमि हुन जाँदा दृढताको अभाव हुँदा व्यक्तित्व लुलो बन्न जाने छ । शारीरिक कमजोरीले पनि सताउने छ । साझेदारीमा गरिएका कामबाट भने सफलता मिल्ने छ ।
मकर
धन सम्पत्तिको अभिबृद्धि हुने छ । व्यक्तित्वमा दृढता बढ्ने छ, त्यसैले कसैले हेप्न सक्ने छैनन् । तर रिस बढि हुने भएकाले यसबारेमा गम्भीर ध्यान दिनुहोला । पेशागत जीवन औसत खालेको हुने छ । साझेदारीमा गरिएका कामहरुमा द्वन्द बढ्न पुग्ने छ ।
कुम्भ
अनावश्यक स्थानमा झैझगडाबाट गुज्रनु पर्ने भएकाले सतर्क रहनु होला । बौद्धिक व्यक्तित्व बन्ने हुँदा मान सम्मान र आदर पाइने छ । व्यक्तित्वमा निखारता आउने छ । पेशागत जीवनमा भने उल्झनहरुको सामना गर्नु पर्ने भएकाले धैर्य भएर पाईला चाल्नु होला ।
मीन
आम्दानीमा केही मात्रामा बृद्धि हुन पुग्ने छ । पेशागत जीवनमा अस्थिरता देखा पर्ने छ । यसले गर्दा व्यक्तित्वमा कमि आउने छ । व्यापार गरिरहेको हकमा धेरै उत्साही भइ हाल्ने समय रहेको देखिँदैन् । रोजगारीमा रहेकाहरुको हकमा औसत समय रहेको छ ।
















युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
काठमाडौँमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु
संसद् राेकेर सरकारले ल्यायो दुई वटा अध्यादेश
पहुँचका भरमा सवारी सुुविधा लिइरहेकाबाट फिर्ता गराइँदै
सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
प्रतिक्रिया