प्रदेश २ काे प्रदेशसभा बैठक नबसेरै स्थगित

धनुषा । प्रदेश नं २ को मंगलबार बोलाइएको प्रदेशसभा बैठक बस्नै नपाई स्थगन भएको छ । अपराह्न २ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगन भएको हो । यही असार १ गते प्रदेशसभामा प्रस्तुत आगामी आव २०७८–७९ को बजेटमाथि छलफल गर्ने गरी आजको बैठक आह्वान गरिए पनि बस्दै नबसी स्थगन भएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए ।
उनका अनुसार प्रदेशसभाको अर्को बैठक असार २३ गते बस्ने छ । आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले असार १ गते प्रस्तुत गर्नुभएको बजेट प्रस्तुतिपछि त्यही दिन बसेको अर्को बैठक विपक्षी सांसदको अवरुद्धका कारण स्थगन गरिएको थियो ।
नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र०का सदस्यले संसदीय विकास कोषको रकम वृद्धि हुनु पर्ने माग राख्दै असार १ गते बैठक अवरुद्ध गरेपछि आजका लागि बैठक आह्वान गरिएको थियो । संसदीय विकास कोषको रकम वृद्धिबारे प्रदेश सरकारले छलफल नगरेपछि बैठक पुनः अवरुद्ध हुने आशंकामा प्रदेशसभा बैठक सारिएको बताइएको छ । रासस
















फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
संसद् अधिवेशन आह्वान गर्न विपक्षी दलहरुको आग्रह
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया