नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)को सोमबार बसेको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले भूगोलको सात र गैर भूगोलको दुई गरी ९ प्रदेशको इन्चार्ज टुंग्याएको छ ।
सोमबारको कार्यविभाजनमा भूगोलको सात इन्चार्जमा एकता अघीको पूर्व माओवादी भन्दा पूर्व एकीकृत समाजवादी पार्टी (एस)का नेताले बढी जिम्मेवारी पाएको देखिएको छ । भूगोलको सात मध्य गण्डकी र लुम्बीनी दुई प्रदेशमा मात्रै पूर्व माओवादी पृष्ठभूमिका नेता इञ्चार्ज बनेका छन् । बाँकी ५ प्रदेशमा पूर्व एस र अन्य पार्टीबाट आएका नेता इञ्चार्ज बनेका छन् ।
कोशी, वागमती, कर्णालीमा पूर्व एसबाट आएका नेता इञ्चार्ज बनेका छन् । सुदूरपश्चिममा एमाले हुँदै मातृभूमि जागरण अभियानबाट आएका डा भिम रावल र मधेसमा माओवादी शान्ति प्रक्रियापछी मधेसवादी पार्टीबाट माओवादीमा आएका र पछिल्लो समय बाबुराम भट्टराईको नयाँ शक्ति हुँदै आएका महिन्द्र राय यादव इज्चार्ज बनेका छन् ।
जसअनुसार कोशी प्रदेशको इन्चार्ज राजेन्द्र राईले पाएका छन् । मधेस प्रदेशको इन्चार्ज महिन्द्र राय यादवले पाएका छन्। सहइन्चार्जमा मात्रिका यादव र रामकुमार भट्टराईले पाएका छन्।
यसैगरी बागमती प्रदेशको इन्चार्ज डा. गङ्गालाल तुलाधर, गण्डकीको श्रीनाथ बराल, लुम्बिनीको चक्रपाणि खनाल, कर्णालीको चन्द्र बहादुर शाही र सुदूरपश्चिमको इन्चार्जमा डा. भीम रावल रहेका छन्।
यसैगरी उपत्यका विशेष प्रदेशको इन्चार्ज हितमान शाक्य र सम्पर्क प्रदेशको इन्चार्जमा याशोदा सुवेदी रहेका छन्।
यस्तै केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार बसेको केन्द्रीय संयोजन समितिको बैठकमा अन्य महत्वपूर्ण पदमा समेत पूर्व माओवादी भन्दा पूर्व एसका नेताहरुको दावी रहेपछी हिँजो सहमती कायम हुन सकेन । शीर्ष नेताहरूको कार्य विभाजनमा विवाद हुँदा निर्णय नगरी बैठक स्थगित भएको छ।
एक नेताका अनुसार सङ्गठन विभाग प्रमुख वामदेव गौतमले मागेका थिए । विदेश विभाग प्रमुख झलनाथ खनालले मागेका थिए । तर सङ्गठन विभाग प्रमुख वर्षमान पुनले पाएपछि गौतमले असन्तुष्टि पोखेका ती नेताले बताए।
बैठकमा संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव पेस गरेका थिए । संविधान संशोधनका लागि ११ सदस्यीय कार्यदल गठन गरेको थियो।
कार्यदलमा देव गुरुङ, प्रकाश ज्वाला, प्रेमबहादुर सिंह, रणध्वज कङ्दङवा, रेखा शर्मा, गणेश विक, मुक्ति प्रधान, खेमलाल देवकोटा, डम्बरविक्रम थापा, जगदेव चौधरी र रामबहादुर चौधरी रहेका छन्।
















युरोपेली युनियनको नविन प्रतिवन्दको प्रतिक्रीयामा रूसद्वारा ईयु अधिकारीलाई रूसी क्षेत्र प्रवेश प्रति वन्द जारी
Tourism entrepreneurs troubled due to lack of separate bus park for tourist buses
दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै
देशका अधिकांश सहरी क्षेत्रमा वर्षाको सम्भावना
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
झापामा ‘स्विप अपरेसन’ः एक सय २८ जना पक्राउ
प्रतिक्रिया