एमाले दसौं महाधिवेशन आयोजक समितिको बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको दसौं महाधिवेशन आयोजक समितिको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो। बैठकले पार्टीको आन्तरिक विवाद समाधानको सन्दर्भमा महत्वपूर्ण निर्णय गर्ने एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केपी शर्मा ओली पक्षीय स्थायी कमिटी बैठकले पार्टी संरचनालाई २०७५ जेठ पूर्वको अवस्थामा फर्काउने निर्णय गरेको थियो । तर माधव नेपाल पक्षका नेताहरुले भने सो बैठकमा सहभागी नहुने बताएका छन् ।
२०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको थियो । यद्यपि गत फागुन २३ गतेको सर्वोच्च अदालतले त्यसलाई बदर गरिदिएपछि एमाले र माओवादी केन्द्र पूर्ववत अवस्थामा फर्किएका थिए ।
माधव नेपाल पक्षले भने पार्टीलाई जेठ २ कै अवस्थामा फर्काउने र त्यही केन्द्रीय कमिटीको बैठकबाट जिम्मेवारी बाँडफाँटबारे निर्णय गर्नुपर्ने अडान राख्दै आएको छ ।
















युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
काठमाडौँमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु
संसद् राेकेर सरकारले ल्यायो दुई वटा अध्यादेश
पहुँचका भरमा सवारी सुुविधा लिइरहेकाबाट फिर्ता गराइँदै
सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
प्रतिक्रिया