माधव नेपाल पक्षसहित पाँच विद्यार्थी संगठनले प्रदर्शन गर्दै
मेरोन्यूज
२०७८ असार १६ गते ११:३४

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध आज बुधबार पाँच विद्यार्थी संगठनले देशभर पुत्ला दहनसहित प्रदर्शन गर्ने भएको छ । आफ्नो अनुकुलताअनुसार सबै जिल्लामा संगठनहरूको जिल्ला नेतृत्वमा प्रदर्शन गर्ने तयारी रहेको अखिल(क्रान्तिकारी)का प्रवक्ता जिपी मैनालीले जानकारी दिए ।
‘पानी परिरहेकाले मौसम अनुकुलतालाई ध्यान दिँदै बिहान ११ बजेपछिको समयमा देशभर प्रदर्शनको तयारी रहेको छ,’ प्रवक्ता मैनालीले भने, ‘प्रदर्शनमा प्रतिगमनविरुद्धको पुत्ला जलाउने, प्लेकार्ड प्रदर्शन गर्नेलगायतका कार्यक्रमहरू रहेको छ ।’
प्रदर्शनमा नेपाल विद्यार्थी संघ, अखिल(क्रान्तिकारी), एमालेका माधव नेपाल पक्षका तर्फबाट सुदेश पराजुली नेतृत्वको अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन र अखिल (छैठौं) सहभागी रहने छन् । उनीहरूले गत १४ गते देशभर प्रदर्शन गर्ने विज्ञप्तिमा जनाएका थिए ।
सम्बन्धित
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया