एमालेमा माधव नेपालसहित नेताको निष्कासन स्वतः खारेज, स्थायी कमिटीमा ८ जना थपिए

काठमाडौँ । नेकपा एमालेको १० औँ महाधिवेशन आयोजक कमिटी भंग भएको छ । यससँगै पार्टीका काम कारबाही केन्द्रीय कमिटीबाट नै हुने भएको छ ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले नेकपा एकतापछि स्थायी कमिटीमा थपिएका एमालेका ४ र माओवादीका ४ नेतालाई थप गरेको छ ।
कमिटी खारेज भएसँगै नेता माधव नेपालसहित ११ जनामाथि गरिउको कारबाही स्वतः खारेज भएको बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । यसअघि पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेपालसहित झलनाथ खनाल, भीम रावल, रामकुमारी झाँक्रीलगायतलाई पार्टीबाट निष्कासन गरेको थियो ।
सर्वोच्च अदालतको पछिल्लो आदेशअनुसार सबै कारबाही निस्प्रभावी भएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । नेकपा एकता प्रक्रियामा एमालेबाट थपिएका रघुवीर महासेठ, विष्णु रिमाल, बेदुराम भुसाल र रघुजी पन्तसहित माओवादीतर्फ नलागी एमालेमा समाहित भएका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा स्थायी कमिटी सदस्य बनेका छन् ।
यसअघि एमालेका पदाधिकारीहरू यथावत रहने निर्णय भएको छ ।
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
प्रतिक्रिया