‘धारा ७६(५) मा आधार हुन विश्वसनीयता प्रमाणित हुनु पर्दैन’

काठमाडौँ । संवैधानिक इजलासमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई एमाले र जनता सामाजवादी पार्टी (जसपा)का सांसदले गरेको समर्थन कहिलेसम्म कायम हुने भन्ने विषयमा प्रश्न उठेको छ । प्रतिनिधिसभा विघटन मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले बुधबारको इजलासमा यस्तो प्रश्न गरेका हुन् ।
‘शेरबहादुरको पक्षमा परेको मत पूरा कार्यकाल कायम राख्न सक्छु भन्ने आधार के छ ?,’ भण्डारीले भने, ‘धारा ७६ (५) मा आधार हुन विश्वसनीयता प्रमाणित हुनु पर्दैन ।’ राजनीतिक समस्या समाधान गर्न भन्दै अदालतको ढोका धाउने प्रवृत्तिले लोकतन्त्रलाई समाप्त पार्ने उनले बताए ।
‘तथ्यगत रुपमा अपरिपक्व आधारलाई राष्ट्रपतिले स्वीकार गर्न मिल्दैन,’ उनले भने, ‘७६ (५)को प्रयोग राजनीतिक दाउपेच पूरा गराउन दुरुपयोग गर्न मिल्दैन, राष्ट्रपतिको निर्णय उपयुक्त थियो ।’
शासकीय स्वरुपमा दलविहीनतालाई नेपालको संविधानले स्वीकार नगरेको उल्लेख गर्दै भण्डारीले ७६ (५)मा दलीय निर्देशन (ह्वीप) लाग्ने जिकिर गरे ।









धुर्मुसले किन पाउन सकेनन् रङ्गशालाको भुक्तानी ? भरतपुर महानगर यसाे भन्छ
उज्यालो नेपाल पार्टी आयोगमा दर्ता
सुदूरपश्चिमले पोखरालाई दियो १९४ रनको लक्ष्य
कमला पुल निर्माण तीव्र गतिमा अघि बढाउने मन्त्री घिसिङको प्रतिबद्धता
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
दोस्रो संस्करणको एनपीएल : आज काठमाण्डु र सुदूरपश्चिम भिड्दै
प्रतिक्रिया