राउटे युवतीमाथि यौन हिंसा गर्ने ३ जना जेल चलान
मेरोन्यूज
२०७८ असार १६ गते १८:११

काठमाडौँ । राउटे युवतीमाथि यौनहिंसा गरेको अभियोगमा पक्राउ परेका तीन जनालाई जिल्ला अदालत सुर्खेतले पुर्पक्षका लागि कारागार चलान गरिएको छ । न्यायाधीश दिलप्रसाद सापकोटाको इजलासले उनीहरूलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
गत जेठ २३ गते पक्राउ परेका गुर्भाकोट नगरपालिका ९ बोटेचौरका चोमन घर्ती भनिने चौमनबहादुर घर्ती, मिलन भनिने मनबहादुर पुन र भूपेन्द्र बुढा मगरलाई कारागार चलान गरिएको हो ।
जेठ २१ गते मिलनले सञ्चालन गरेको बोटेचौरको शुभकामना होटलमा राउटे युवतीमाथि यौन हिंसा भएको थियो । फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदाय यसअघि सुर्खेत र दैलेखका विभिन्न स्थानमा बस्दै आएका थिए ।
यो घटना हुँदा उनीहरू गुर्भाकोट नगरपालिका ११ आँपसोतीस्थित भेरी नदीको किनारामा बस्दै आएका थिए ।
सम्बन्धित
















अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
‘एमआरपी’ कार्यान्वयन गर्न खोज्दा वीरगञ्ज भन्सारको जाँचपास रोकियो
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया