क्रियाशील सदस्यता विवाद चर्किएपछि देउवाले पुनः बोलाए पदाधिकारी बैठक
मापदण्ड र पेश्कीबारे छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसमा क्रियाशील सदस्यताको विवाद बढ्दै गएको छ । विवाद बढेपछि छानबिन समितिले पेस गरेको मापदण्ड पनि पदाधिकारी बैठकबाट पारित हुन सकेको छैन ।
फेरि त्यही मापदण्ड पारित गर्ने र विवाद टुंग्याउने उद्देश्यसहित सभापति शेरबहादुर देउवाले क्रियाशील सदस्यता छानबिन समितिसहित पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाएका छन् ।
बिहीबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा क्रियाशील सदस्यता छानबिन समितिसहित पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाइएको नेता एनपी साउदले जानकारी दिए ।
बैठकमा क्रियाशील सदस्यताको मापदण्डका विषयमा छलफल हुनेछ । क्रियाशील सदस्यता छानबिन समितिले पदाधिकारी बैठकमा मापदण्ड पेस गरेको थियो । त्यो मापदण्डका विषयमा आइतबार बसेको पदाधिकारी बैठकमा सहमति हुन सकेको थिएन ।
मापदण्डका चार विषयमा पदाधिकारीमा सहमति हुन सकेको छैन । सतप्रतिशतभन्दा बढी नयाँ सदस्यता फाराम भरेका वडामा के गर्ने ?, चार तहबाट नआएर दुई वा तीन तहबाट मात्रै सिफारिस आएका नयाँ सदस्यलाई के गर्ने ?, नेपाल लोकतान्त्रिक फोरमभित्रको समायोजनको विवादलाई के गर्ने ? र अन्य पार्टीबाट आएका भनिएकाहरूको विवादलाई के गर्ने ? भन्ने विषयमा पदाधिकारीमा मतैक्यता छैन ।
संस्थापन मापदण्ड भन्द पनि सहमतिका आधारमा अगाडि बढ्नु पर्ने बताइरहेको छ भने नेता रामचन्द्र पौडेल समूहले मापदण्डका आधारमा अगाडि बढ्नु पर्ने बताइरहेको छ ।
उता छानबिन समितिका संयोजक रमेश लेखकले मागेको ४० लाख पेश्कीको विषय पनि विवादित बनेको छ ।
नेता रामचन्द्र पौडेल र उनी पक्षीय नेताले महामारीको बेलामा पार्टी कार्यालय हुँदाहुँदै महंगो होटेलमा बसेर त्यत्रो पैसा किन खर्च गरिएको भन्दै देउवासँग जवाफ मागिरहेका छन् । पौडेल निकट स्रोतका अनुसार पौडेलले आजको बैठकमा यो विषय उठाउने तयारी गरिरहेका छन् ।
देउवा निकट नेताहरुले पनि धेरै तिरबाट आलोचना भइरहेको भन्दै लेखकलाई स्पष्टीकरण सोध्न दबाब दिइरहेका छन् ।









एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गर्ने ५३ जनामाथि मुद्दा
धुर्मुसले किन पाउन सकेनन् रङ्गशालाको भुक्तानी ? भरतपुर महानगर यसाे भन्छ
उज्यालो नेपाल पार्टी आयोगमा दर्ता
७ लाख थान विद्युतीय राहदानी खरिद गर्न विभागलाई स्वीकृति
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
दोस्रो संस्करणको एनपीएल : आज काठमाण्डु र सुदूरपश्चिम भिड्दै
प्रतिक्रिया