पौडेललाई मन्त्री बनाउन पार्टीले दौडधूप गरेको छैन : जनमोर्चा

काठमाडौं । राष्ट्रिय जनमोर्चाले पार्टीकी उपाध्यक्ष तथा विघटित प्रतिनिधिसभा सदस्य दुर्गा पौडेललाई मन्त्री बनाउन पार्टीले दौडधूप नगरेको बताएको छ । असार १४ गते मदन भण्डारीको स्मृतिमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले जनमोर्चाले मन्त्रीका लागि बार्गेनिङ गरिरहेको बताएका थिए ।
तर, जनमोर्चाले प्रधानमन्त्रीको उक्त भनाइमा कुनै सत्यता नभएको बताएको छ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्तिमार्फत ओलीको अभिव्यक्ति निराधार र असत्य भएको बताएका छन् ।
असार १४ गते प्रधानमन्त्री ओलीले भनेका थिए, “अहिले हामीले हे¥यौँ भने राष्ट्रिय जनमोर्चा, एकजना उहाँहरुको प्रतिनिधि छ । त्यो एकजना प्रतिनिधिलाई कसरी मन्त्री बनाउन सकिन्छ उहाँहरूको राजनीति त्यत्ति हो । हामीसँग हुँदा पनि राजनीति त्यत्ति हो अहिले पनि उहाँहरूको राजनीति त्यत्ति हो । त्यसका लागि उहाँहरू कहाँ पुग्नु भो भन्दाखेरि यताबाट हुँदैन भन्देखि काँग्रेसलाई सर्मथन गरेर काँग्रेसको नेतृत्वमा सरकार बनाएर भएपनि मन्त्री हुने अथवा अब उहाँहरुको राजनीति कहाँ पुग्यो भन्दा विचारको प्रश्न रहेन, वर्गीयताको प्रश्न रहेन, वर्गीय राजनीतिको प्रश्न रहेन, गन्तव्य र उद्देश्यका प्रश्नहरू रहेनन् । यो एकबारको जिन्दगी, मन्त्री खाइहालिएन भने, ख्वाइहालिएन भने त पछि त गयो । त्यस राजनीतिमा उहाँहरु पुग्नु भयो र तपाई हामीले देखिराखेका छौं ।”
त्यसको जवाफ दिँदै जनमोर्चाकोे विज्ञप्तिमा भनिएको छ, ‘हामीले हाम्रो पार्टीकी उपाध्यक्ष र प्रवक्ता तथा सांसद दुर्गा पौडेललाई मन्त्री बनाउन कहिल्यै पनि दौडधूप गरेका छैनौँ । अझ वास्तविकता ता यो हो कि ओलीका तर्फबाट नै दुर्गा पौडेललाई मन्त्री बनाउनका लागि बारम्बार प्रस्ताव आएको थियो र हामीले त्यसलाई अस्वीकार गरेका थियौँ ।’
केसीले विज्ञप्ति माफर्त पार्टीको ध्यान राजनीतिक शक्तिहरूसित कार्यगत एकता वा सहकार्य गरेर ओलीको प्रतिगमनका विरुद्ध सङ्घर्ष गर्ने तर्फबाट केन्द्रीत रहेको बताए ।
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया