कांग्रेस पदाधिकारी बैठक भोली २ बजेसम्मलाई स्थगित

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ । केन्द्रीय कार्यालय सानेपामा क्रियाशील सदस्यता छानबिन समितिसहित पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाइएको बैठक स्थगित भएको पार्टी मुख्यसचिव कृष्ण पौडेलले जानकारी दएि । भोली २ बजे बस्नेगरी बैठक स्थगित भएको उनले जानकारी दिए । क्रियाशील सदस्यता छानविनबारे मापदण्ड बनाउन पदाधिकारी बैठक बोलाइएको थियो । तर नेताहरुले पर्याप्त तयारी नपुगेको भन्दै बैठक स्थगित भएको बताइएको छ ।
बैठकमा क्रियाशील सदस्यताको मापदण्डका विषयमा छलफल हुनेछ । क्रियाशील सदस्यता छानबिन समितिले पदाधिकारी बैठकमा मापदण्ड पेस गरेको थियो । त्यो मापदण्डका विषयमा आइतबार बसेको पदाधिकारी बैठकमा सहमति हुन सकेको थिएन ।
देशभरबाट आठ लाख बढि क्रियाशील सदस्यको नाम सार्वजनिक गरिएकोमा पाँच हजार भन्दा बढि उजुरी परेका छन् । तर मापदण्ड बनाउन नसक्दा समितिले अधिकांश उजुरीमाथि छानविन गर्न सकेको छैन ।
पुन आज बैठक डाकिएको पनि स्थगित भएको छ ।माधिवेशन मिति तोकिएसँगै नेताहरुको भेटघाट निकै बाक्लिएको छ । पार्टीको १४ औँ माधिवेशन यही भदौं १६ देखि १९ गते काठमाडौंमा हुदैछ ।
















पठाइएका कर्मचारीलाई हाजिर गराउन र सरुवा भएकालाई रमाना दिन सामान्यको निर्देशन
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया