कांग्रेस पदाधिकारी बैठक भोली २ बजेसम्मलाई स्थगित

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ । केन्द्रीय कार्यालय सानेपामा क्रियाशील सदस्यता छानबिन समितिसहित पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाइएको बैठक स्थगित भएको पार्टी मुख्यसचिव कृष्ण पौडेलले जानकारी दएि । भोली २ बजे बस्नेगरी बैठक स्थगित भएको उनले जानकारी दिए । क्रियाशील सदस्यता छानविनबारे मापदण्ड बनाउन पदाधिकारी बैठक बोलाइएको थियो । तर नेताहरुले पर्याप्त तयारी नपुगेको भन्दै बैठक स्थगित भएको बताइएको छ ।
बैठकमा क्रियाशील सदस्यताको मापदण्डका विषयमा छलफल हुनेछ । क्रियाशील सदस्यता छानबिन समितिले पदाधिकारी बैठकमा मापदण्ड पेस गरेको थियो । त्यो मापदण्डका विषयमा आइतबार बसेको पदाधिकारी बैठकमा सहमति हुन सकेको थिएन ।
देशभरबाट आठ लाख बढि क्रियाशील सदस्यको नाम सार्वजनिक गरिएकोमा पाँच हजार भन्दा बढि उजुरी परेका छन् । तर मापदण्ड बनाउन नसक्दा समितिले अधिकांश उजुरीमाथि छानविन गर्न सकेको छैन ।
पुन आज बैठक डाकिएको पनि स्थगित भएको छ ।माधिवेशन मिति तोकिएसँगै नेताहरुको भेटघाट निकै बाक्लिएको छ । पार्टीको १४ औँ माधिवेशन यही भदौं १६ देखि १९ गते काठमाडौंमा हुदैछ ।
















किम जोड.ले दीए उपप्रधानमन्त्री बर्खास्त
झापा ५ बाट बालेनले गराए उम्मेदवारी दर्ता
साइमेक्स इंकले नक्कली पेज र वेबसाइटविरुद्ध कानुनी प्रक्रिया अघि बढाउने
भरतपुर महानगरकी मेयर रेनु दाहालले दिइन् राजीनामा
तनहुँमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
प्रतिक्रिया