प्रतिनिधि सभा विघटन सम्वन्धी मुद्धामा सभामुखका ५ वकिलले बहस गर्ने, को को छन् त वकिल ?

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने मागसहित १४६ जना सांसदको तर्फबाट सर्वोच्च अदालतमा दायर भएको रिटमाथि सभामुख अग्निप्रसाद सापकोटाका ५ जना वकिलले बहस गर्ने भएका छन् ।
रिट निवेदक तर्फकबो बहस सकिएको छ । विपक्षी प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयको तर्फबाट बहस जारी छ ।
प्रधानमन्त्री ओली र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको तर्फबाट बहस सकिएपछि सभामुखका वकिलले बहस गर्नेछन् । प्रधानमन्त्री ओली र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको तर्फबाट भइरहेको बहस आज सक्ने तयारी छ ।
सभामुख सापकोटाको तर्फबाट बरिष्ठ अधिवक्ताहरु श्यामप्रसाद खरेल, लभकुमार मैनाली र उपेन्द्रकेशरी न्यौपाने तथा अधिवक्ताहरु मेघराज पोखरेल, श्रीकृष्ण सुवेदीले बहस गर्ने सभामुख सापकोटाका संचार विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।
सभामुखका कानून व्यवसायीलाई बहस गर्न इजलासले एक घण्टाको समय दिएको छ । त्यसमा नपुगे आधा घण्टा थप गर्न सकिने इजलासले जनाएको छ ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक गत जेठ ८ गते प्रतिनिधि सभा विघटन गरेपछि सो कदम असंवैधानिक भएको भन्दै सर्वोच्चमा ३० वटा रिट परेका छन् ।
जसमध्ये कांग्रेस सभापति शेरबहादुर देउवा सहित १४६ जना सांसदको तर्फबाट दायर भएको रिटलाई सर्वोच्चको संवैधानिक इजलासले प्राथमिकता दिएर सुनुवाई गरेको हो । सो रिटमाथि यही असार ९ गतेबाट नियमित सुनुवाई भइरहेको छ ।
















फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
संसद् अधिवेशन आह्वान गर्न विपक्षी दलहरुको आग्रह
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया