बुधबार, वैशाख १६, २०८३

कोरोनाविरूद्धको भ्याक्सिन नदिनु भनेर लबिङ गरिरहेका छन् : प्रधानमन्त्री

मेरोन्यूज २०७८ असार १८ गते १३:४१

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार आवश्यक पर्ने जति कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप आइपुग्ने बताएका छन् । बालुवाटारमा जारी पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले आगामी आइतबार (कोभिड-१९) विरुद्धको खोप नेपाल आइपुग्ने बताएका हुन् ।

Advertisement
NiccNicc

प्रधानमन्त्री ओलीले केही दलका नेताहरूले अहिले भ्याक्सिन नदेऊ, हाम्रो सरकार आएपछि दिनु पर्छ भनेर लबिङ गरिरहेको बताए । ‘कोरोना भ्याक्सिनमा कुनै समस्या छैन, पर्सीदेखि भ्याक्सिन आउँछ,’ उनले भने, ‘भारतदेखि सम्झौताअनुसार दोस्रो डोज खोप नआउँदा समस्या भएको हो, केही दलका नेताहरूले अहिले भ्याक्सिन नदेऊ, हाम्रो सरकार आएपछि दिनु भनेर लबिङ गरिरहेका छन् ।’

उनले विपक्षी दलका नेताहरूले देशलाई हिंसा र मुठ भेडतर्फ लैजान खोजेको आरोप लगाए ।

प्रतिक्रिया