बालुवास्थित दरौंदीको पक्की पुल बाढीबाट क्षति

गोरखा । बारपाक बाह्रकिलो सडकखण्ड अन्तर्गत बालुवास्थित दरौदीको पक्की पुल बाढीले क्षति पुर्याएको छ । गत तीनदिनदेखि परेको अविरल वर्षाका कारण दरौदी नदीमा आएको बाढीले अजिरकोट गाउँपालिका वडा नम्बर ४ स्थित सो पुल क्षति भएको हो ।
बाढीले पुलको बालुवा तर्फको भागमा करिब ३० मिटर सडक कटान गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए । सडक नदीले कटान गरेपछि पुल सडकको भागबाट नै छुट्टिएको उनले बताए । बाढीले पुलमा क्षति पुर्याएपछि बाह्रकिलो बारपाक सडकखण्ड अहिले पूर्णरुपमा अवरुद्ध छ ।
उक्त सडक खण्ड अन्तर्गत पर्ने नै बालुवादेखि बारपाक क्षेत्रमा पनि सडक भासिएको उनले जानकारी दिए । बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर २, स्थित मान्द्रे भन्ने ठाउँमा सडक करिब ५० मी तलसम्म भासिएको छ । बाह्रकिलो बारपाक सडक खण्डमा पूर्ण रुपमा यातायात अबरुद्ध भएको प्रहरीले जनाएको छ ।
बारपाक पुग्ने एक मात्र सडक अबरुद्ध भएपछि अहिले आवत जावतमा समस्या भएको छ । बाढी र पहिरोले अबरुद्ध भएको उक्त सडक तत्कालै सञ्चालनमा ल्याउन सक्ने अबस्था नरहेको प्रमुख जिल्ला अधिकारी शलिकग्राम शर्मा पौडेलले जानकारी दिए ।
















मुलुकबाट अन्योल र अनिश्चितताको अन्त्य भयो, सिङ्गो राष्ट्र निर्वाचनको महाकुम्भमा होमियाे :प्रधानमन्त्री कार्की
सिन्धुली-२ मा नेकपाभित्र किचलो : हरिबोल गजुरेलकाे प्रस्तावमा महेश्वर दाहालकाे बागी उम्मेदवारी
कैलाली १ मा डा. जनकराज शाहद्वारा उम्मेदवारी दर्ता
रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता
यी हुन् नेकपाका १६५ उम्मेदवार
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
प्रतिक्रिया