बालुवास्थित दरौंदीको पक्की पुल बाढीबाट क्षति

गोरखा । बारपाक बाह्रकिलो सडकखण्ड अन्तर्गत बालुवास्थित दरौदीको पक्की पुल बाढीले क्षति पुर्याएको छ । गत तीनदिनदेखि परेको अविरल वर्षाका कारण दरौदी नदीमा आएको बाढीले अजिरकोट गाउँपालिका वडा नम्बर ४ स्थित सो पुल क्षति भएको हो ।
बाढीले पुलको बालुवा तर्फको भागमा करिब ३० मिटर सडक कटान गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए । सडक नदीले कटान गरेपछि पुल सडकको भागबाट नै छुट्टिएको उनले बताए । बाढीले पुलमा क्षति पुर्याएपछि बाह्रकिलो बारपाक सडकखण्ड अहिले पूर्णरुपमा अवरुद्ध छ ।
उक्त सडक खण्ड अन्तर्गत पर्ने नै बालुवादेखि बारपाक क्षेत्रमा पनि सडक भासिएको उनले जानकारी दिए । बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर २, स्थित मान्द्रे भन्ने ठाउँमा सडक करिब ५० मी तलसम्म भासिएको छ । बाह्रकिलो बारपाक सडक खण्डमा पूर्ण रुपमा यातायात अबरुद्ध भएको प्रहरीले जनाएको छ ।
बारपाक पुग्ने एक मात्र सडक अबरुद्ध भएपछि अहिले आवत जावतमा समस्या भएको छ । बाढी र पहिरोले अबरुद्ध भएको उक्त सडक तत्कालै सञ्चालनमा ल्याउन सक्ने अबस्था नरहेको प्रमुख जिल्ला अधिकारी शलिकग्राम शर्मा पौडेलले जानकारी दिए ।
















फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
संसद् अधिवेशन आह्वान गर्न विपक्षी दलहरुको आग्रह
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया