मनाङका सरकारी कार्यालयमा आजबाट सोलार जडान सुरु

पोखरा । बाढीपहिरोका कारण विद्युत सेवा विच्छेद भएको मनाङ सदरमुकामम चामेका सरकारी कार्यालयमा आजबाट सोलार जडान सुरु भएको छ ।
४२ किलोवाटको लघु जलविद्युत आयोजना बाढीले बगाएपछि जेठ ३० गतेबाट चामेका सरकारी कार्यालयमा विद्युत सुविधा विच्छेद भएको थियो ।
जसका कारण सरकारी कार्यालयमा विद्युतीय भुक्तानी सेवा, सूचना प्रविधि र कम्प्युटर प्रणालीमा आधारित सरकारी सेवा प्रवाह अवरुद्ध भएपछि प्रदेश सरकारले सोलार उपलब्ध गराएको हो ।
गण्डकी प्रदेश सरकारका तर्फबाट १६ वटा कार्यालयका लागि सौर्य ऊर्जा प्रणालीका सामाग्री शनिबार चामे पुर्याइएको हो । पोखराबाट वेसिसहर लगिएको भए पनि मौसम खराब भएका कारण सामान चामे पुर्याउन सकिएको थिएन ।
शनिबार मौसम खुलेसँगै ती सामग्री मनाङ पुर्याइएको र आजबाट जडान सुरु भएको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयका सिडिइ हरिदत्त पौडेलले जानकारी दिए ।
करिब १९ लाख रुपैयाँको सामान ढुवानीका लागि ४ लाख ३१ हजार रुपैयाँ खर्च भएको छ । सबै खर्च गण्डकी प्रदेश सरकारले नै व्यहोरेको छ । सार्वजनिक खरिद ऐनको दफा ४१(१) (घ ३) बमोजिम विशेष परिस्थितिमा सार्वजनिक खरिद प्रक्रिया अपनाई सामान पठाइएको हो ।
प्रत्येक कार्यालयका लागि १ सय ५० वाटका २ वटा सोलार प्यानल, २ वटा ब्याट्री र इन्भर्टर उपलब्ध गराइएको छ ।
बाढी पहिरोका कारण स्थानीयस्तरका लघुजलविद्युत योजनामा क्षति पुगेको छ । राष्ट्रिय प्रसारण लाइनको पोल ढलेका कारण मनाङ सदरमुकाम चामेसहित गाउँहरुमा बिजुली बलेको छैन ।
असार मसान्तमा सम्पादन गर्ने कामसमेत बिजुली नभएकै कारण प्रभावित भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको अध्यक्षतामा असार ६ गते बसेको प्रदेश विपद व्यवस्थापन समितिको बैठकले सोलार खरिद गरेर पठाउने निर्णय गरेको थियो ।
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया