सुदूरपश्चिमका चार जिल्ला प्रशासन कार्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौँ । सुदूरपश्चिम घर भएर अष्ट्रेलियामा कार्यरतले सुदूरपश्चिमका चार जिल्ला प्रशासन कार्यालयलाई स्वास्थ्य सामग्री पठाएका छन् । कैलालीमा रहेको विकासमा सिर्जनसिलता नेपाल (सिआईडी नेपाल) मार्फत झण्डै अढाई लाख बराबरको स्वास्थ्य सामग्री पठाइएको जनाइएको छ ।
सिआईडी नेपालका अध्यक्ष डिल्लीराज भट्टका अनुसार जिल्ला प्रशासन कार्यालय कञ्चनपुर, जिल्ला प्रशासन कार्यालय बैतडी, जिल्ला प्रशासन कार्यालय दार्चुला र जिल्ला प्रशासन कार्यालय डोटीलाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो । सुदूरपश्चिममा मास्क, सेनेटाइजर, हेयर क्याप, पल्स अक्सोमिटर जस्ता सामग्रीको अभाव भएकाले विदेशमा रहेका नेपालीले सहयोग गरेको भट्टले बताए ।
सुदूरपश्चिमका नेपालीको पीडामा सानो सहयोग गरिएको सुदूरपश्चिम नेपाली समाज भिक्टोरियाका अध्यक्ष महादेव धानुकले बताए ।जन्मस्थानका बासिन्दाका लागि सानो भए पनि सहयोग गरिएको अष्ट्रेलियामा रहेको सुदूरपश्चिम नेपाली समाज भिक्टोरियाका उपाध्यक्ष प्रेम राज उप्रेतीले बताए । अभियानमा सुदूरपश्चिम घर भएका कृष्ण क्षेत्री महराको पनि सहभागिता रहेको छ ।
समाजले अष्ट्रेलियामा कार्यरत नेपालीहरुबाट रकम संकलन गरी चार वटै जिल्ला प्रशासन कार्यालयलाई २७ हजार थान सर्जिकल मास्क, ५ सय एमएलको सेनेटाइजर ३ सय थान, हेयर क्याप एक हजार, केएन ९५ मास्क ४२० थान र पल्स अक्सोमिटर ४० थान विरतण गरिएको हो ।
सुदूरपश्चिमका अरु पाँच वटा जिल्ला अछाम, बाजुरा, बझाङ, कैलाली र डडेल्धुरामा पनि स्वास्थ्य सामाग्री पठाउने तयारी भइरहेको सिआईडीका अध्यक्ष भट्टले बताए ।
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया