अन्तत : फुटने भयो जसपा
जसपाका दुवै पक्ष आफ्नै अडानमा, मिलेन निर्वाचन आयोगमा कुरा
आयोग पदाधिकारीकै अगाडी जसपाका दुवै पक्षका नेताको हस्ताक्षर–‘हामी मिल्न सहमत भएनौं, आ–आफनो वाटो लाग्छौं’

काठमाडौं । जनता समाजवादी पार्टी फुटको दिशामा गएको छ । निर्वाचन आयोगले सकेसम्म मेलमिलापवाट जसपाभित्रको विवाद मिलाउन सकिन्छ की भनेर आज दुवै पक्षका नेतालाई आयोगमा वोलाएर छलफल गरेको थियो ।
तर आयोगमा भएको छलफलमा दुवै पक्षले विगतका विवादमा आत्मालोचित हुँदै एक भएर जान गरेको प्रस्तावमा उपेन्द्र यादव पक्षले सहमत हुन नसक्ने धारणा राखेपछि विवाद जहाँको त्यही अड्किएको हो । आयोगमा उपेन्द्र यादव पक्षले पार्टी आधिकारिकताका लागि निवेदन दिएका थिए । त्यसमा महन्थ पक्षले जवाफ दिएपछि आयोगले आज दुवै पक्षलाई बोलाएर छलफल गरेको हो ।
तर छलफलमा दुवै पक्ष आ – आफनो अडानमा रहे । त्यसपछि आयोग पदाधिकारीकै उपस्थितीमा दुवै पक्षले त्यही वसेको छलफलको निर्णयको माइन्यूटमा ‘हामी मिल्ने कुरामा सहमत हुन सकेनौं, आ -आफनो वाटो लाग्छौं’ भनेर हस्ताक्षर गरेर फर्किएका छन् ।
आयोगले दुवै तर्फका वढीमा ७/७ जनालाई आयोगमा वोलाएको थियो । जसअनुसार उपेन्द्र यादव, अशोक राई , राजेन्द्र श्रेष्ठ लगायत नेताहरु आयोग पुगेका थिए । अर्काे प्षवाट महन्थ ठाकुर, राजेन्द्र महतो लगायत नेता आयोग पुगेका थिए ।
जसपा एक वर्ष अगाडी मात्रै तत्कालिन राजपा र समाजवादी पार्टी मिलेर बनेको थियो । एक वर्षकै अन्तरालमा यो पार्टी फुटको वाटोमा गएको हो ।
आयोग ले गराएको छलफलमा दुवै पक्षले मिल्न सम्भव नभएको वताएपछि अव आयोगमा दुबै पक्षले आधिकारिकताका लागि दावी पेश गर्ने सहमति भएको छ । आयोगले जसपा विवाद समाधानका लागि बुधबार इजलास गठन गर्ने र दुबै पक्षले दल दर्तासम्बन्धी ऐन बमोजिम दावी पेश गर्ने सहमति जुटाएर दुवै पक्ष आयोगवाट वाहिरिएका थिए ।
जसपाको केन्द्रीय कार्याकारिणी समिति ५१ सदस्यीय थियो । जसमा उपेन्द्र –बाबुराम पक्षको बहुमत छ । तर महन्थ पक्षले पार्टीको पहिलो वरियताका अध्यक्षलाई केन्द्रीय कार्याकारिणी समिति हेरफेर गर्न सक्नेअ धिकार दिएकोले नामावली हेरफेर भईसकेको जिकिर गरेको छ ।
यद्यपी अव आयोगले दिने निर्णय निर्णायक हुनेछ ।
त्यसमा चित्त नवुझेमा चित्त नवुझेको पक्ष अदालत सम्म पनि जान पाउनेछ ।
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
प्रतिक्रिया