अवैध कारोबार गर्ने चिनियाँ नागरिक पक्राउ
काठमाडौँ । दुर्लभ वन्यजन्तुको अखेटोपहारको अवैध कारोबार र जुवातास सट्टेबाजीमा संलग्न चिनियाँ गिरोह पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर टेकु र वृत्त लैनचौरबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका १७ ज्याठा गल्लीभित्र सञ्चालन गरेको एक होटलबाट चिनियाँ नागरिकलाई पक्राउ गरेको हो ।
पक्राउ परेका चिनियाँ नागरिकले दुर्भल वन्यजन्तुको अखेटोपहारको अवैध कारोबार र सम्पत्ती हारजित हुने गरी जुवातास सट्टाबाजी खेलाइरहेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको हो । उनीहरूको साथबाट विद्युतीय टेबल २ थान, जुवातास खेल्न प्रयोग हुन चाइनिज भाषा माजुङ बताउने प्लाष्टिकको गोटी ४१० थान, नगद ८ लाख ८९ हजार १५५ रुपैयाँ, विभिन्न कम्पनीका मोबाइल ७ थान, बाघको छाला जस्तो देखिने वस्तु १ थान, कस्तुरीको बिना जस्तो देखिने वस्तु २० थान, बुद्वचित्त ९ सय थान, रुद्राक्ष अन्दाजी २० किलोग्राम बरामद रहेको छ ।
यस्तै, उनीहरूको साथबाट राहदानी २ थान, चीनका विभिन्न बैंकहरुको एटिएम कार्ड ३५ थान, भौचर पाना(लेखिएका) २५० थान, भौचर पाना (नलेखिएका) ६८ थान, बाघको दाँत जस्तो देखिने वस्तु २ थान, फलामको धारिलो खुकुरी २ थान र फलामको धारिलो तरबार १ थान बरामद भएको प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले जानकारी दिए ।
पक्राउ परेका चिनियाँ नागरिकको प्रहरी वृत्त लैनचौरबाट थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
















केही भूभागमा चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना
विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती
वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र अनिवार्य रुपमा राख्न अनुरोध
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
रातभर प्रहरीको ‘अपरेसन सेफ्टी काठमाडौं’ : १९५ जना पक्राउ
कलाकार सागर लम्साल (बले) पक्राउ
प्रतिक्रिया