विद्यार्थीको खाजा खर्च हिनामिना गर्ने प्रधानाध्यपकसहित २ जना नियन्त्रणमा

काठमाडौँ । विद्यार्थीलाई उपलब्ध गराएको खाजा खर्चसहित रकम हिनामिना गरेको अभियोगमा प्रधानाध्यापक दिनेश कुमार विश्वकर्मा नियन्त्रणमा परेका छन् । कपिलवस्तुको साविक भिल्मी गा.वि.स. वडा नं. ४ स्थित श्री सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वकर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको हो ।
सरकारले विद्यार्थीका लागि दिइएको दिवा खाजा खर्च, छात्रवृति, पाठ्य पुस्तकलगायतमा आएको रकम दुरुपयोग गरेको भन्ने उजुरी परेपछि आयोगले अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानका क्रममा आर्थिक वर्ष २०६८–०६९ देखि २०७२–०७३ सम्म विद्यार्थीका लागि निकासा गरिएको खर्च विश्वकर्मा र तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शकिल मियाँले हिनामिना गरेको देखिएको आयोगले जनाएको हो ।
उनीहरूले ३ लाख ७१ हजार ७०१ रुपैयाँ हिनामिना गरेको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए । यस्तै प्रधानाध्यापक विश्वकर्मा र विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष नरेन्द्र कुर्मीले मिलेर २२ हजार १४९ रुपैयाँ हिनामिना गरेको देखिएको छ ।
आयोगले प्रधानाध्यापक विश्वकर्मालाई ३ लाख ९३ हजार ७५० रुपैयाँ बिगोसहित कारबाही माग गरेको छ । यस्तै, विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष मियाँलाई ३ लाख ७१ हजार ७०१ रुपैयाँ र कुर्मीलाई २२ हजार १४९ रुपैयाँ बिगो माग दाबी गरी कानुनी प्रक्रिया अघि बढाइएको छ ।
















यही माघ १० देखि काठमाडौँ महानगरले सहिद सप्ताह सुरु गर्ने
चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् :चन्द्रप्रसाद ढकाल
स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा पौडेल
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया