शुक्रबार, वैशाख १८, २०८३

यस वर्षको एसईई परीक्षा चैत १९ गतेदेखि

मेरोन्यूज २०८२ माघ ७ गते २०:१६

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा चैत १९ देखि २९ गतेसम्म हुने निर्णय भएको छ।

Advertisement
NiccNicc

राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले आज परीक्षा तालिका सार्वजनिक गरेको हो।यस पटक एसइई परीक्षाको लागि ५ लाख १७ हजारले परीक्षा फारम भरेका छन्।

२१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका कारण बोर्डले एसईई परीक्षा केही दिन पछि सारेको हो। राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षा  चैतको पहिलो साता सञ्चालन गर्दै आएको छ। 

निर्वाचनको लागि मतपत्र र परीक्षाको प्रश्नपत्र छपाइको काम जनक शिक्षा सामग्री केन्द्रबाट हुने भएकाले परीक्षाको तालिकामा परिमार्जन गरिएको बोर्डले जनाएको छ।

प्रतिक्रिया