चौध लाख नगद र विभिन्न बैंकको चेकसहित २८ जुवाडे पक्राउ
मेरोन्यूज
२०७८ असार २३ गते १८:४२

काठमाडाैं । नेपाल प्रहरीले रु १४ लाख ५९ हजार ९०० नगद र रु एक लाख ८० हजारको चेकसहित २८ जुवाडेलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपालिका–६ बौद्ध सिमलटारस्थित वाङ्चु शेर्पाको घरमा ठूलो हारजित हुने गरी जुवा खेलिरहेको अवस्थामा मङ्गलबार राति पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले पैसाको ठूलो हारजित हुने गरी तास र जुवा खेलाएको प्राप्त सूचनाका आधारमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको जानकारी दिए ।
पक्राउ परेकासँग प्रहरीले रु एक लाख ५९ हजार ९००, ११ हजार ४०० भारतीय रुपैयाँ, एक लाख ८० हजारको विभिन्न बैंकको चेक, ३० थान कौडा, १३ बुक खेलिरहेको तास र २१ बुक नखोलेको तास बरामद गरेको छ । पक्राउ परेकाहरुको आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता बस्नेतले बताउनुभयो ।
सम्बन्धित
















नेपाल टेलिकमको सेवामा सुधारः डाटा सकिँदा स्वतः पैसा नकाटिने
भारत आणविक इन्धन आत्मनिर्भरतातर्फ
कैलालीको टीकापुरमा सर्वसाधारणलाई सर्प पहिचानसम्बन्धी तालिम सञ्चालन
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक
कर्णाली सरकारद्वारा छ दिन थप सार्वजनिक बिदा दिने निर्णय
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
व्यवसायी सुलभ अग्रवाल पनि पक्राउ
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
प्रतिक्रिया