शुक्रबार, वैशाख १८, २०८३

आज पनि मुलुकका अधिकांश स्थानमा भारी वर्षा हुने,

वागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा अति भारी वर्षाको सम्भावना

मेरोन्यूज २०७८ असार २४ गते ६:५८

काठमाडौं । मनसुनी वायुको प्रभावका कारण अहिले देशभर सामान्यदेखि पुर्ण बदली रहेको छ।

Advertisement
NiccNicc

प्रदेश १, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भैरहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश १, प्रदेश २, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केहि स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक/दुई स्थानहरुमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

यस्तै आज राती देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

लुम्बिनी, सुदुरपश्चिम प्रदेश र वागमती प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ । सुदुर पश्चिम प्रदेशका एक/दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया