राष्ट्रिय वाणिज्य बैंकको लिखित परीक्षा रद्द, अदालतको आदेश कार्यान्वयन गरेको आयोगको भनाई
मेरोन्यूज
२०७८ असार २४ गते ७:५५

काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि लोक सेवा आयोगले राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको लिखित परीक्षा रद्द गरेको छ।
असार २१ मा बसेको आयोगको बैठकले आन्तरिक, खुला तथा समावेशीतर्फका लिखित परीक्षाहरू रद्द गर्ने निर्णय गरेको हो । लिखित परिक्षा रद्ध गरेको आयोगले आफ्नो वेवसाइट र गोरखापत्रमा सूचना प्रकाशन गरेको छ ।
कर्मचारी पदपूर्ति सम्बन्धमा भए गरिएका कामकारबाहीहरू अमान्य र बदर घोषित गरिएको व्यहोराको आदेश २०७७ मंसिर १७ मा सर्वोच्चले दिएको थियो त्यसैको कार्यान्वयन गर्न आयोगले परीक्षा रद्द गरेको छ।
राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपाल काठमाडौंका अध्यक्ष हेमराज सुवेदीसमेतले सर्वोच्चमा यसबारे रिट निवेदन दिएका थिए ।
आयोगले जारी गरेको सूचना
सम्बन्धित
















नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी अस्पतालमा भर्ना
डिजिटल रूपान्तरणमा चीनको बढ्दो प्रभाव
सुनसरीमा हुरीले मकैखेतीमा क्षति
राष्ट्रपतिले जारी गरे थप तीन वटा अध्यादेश
पर्यटकीय गन्तव्य दोभान सडक सञ्जालमा जोडियो
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
प्रतिक्रिया