जुवातास खेलिरहेका ५ चिनियाँ नागरिक पक्राउ
मेरोन्यूज
२०७८ असार २४ गते ११:५३

काठमाडौं । राजधानिको ठमेलबाट जुवा खेलिरहेका पाँच जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।
ठमेलस्थित जेपी मोडमा चिनियाँ नागरिकहरु जुवातास र सट्टाबाजी खेलिरहेको सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई बुधबार राति करिब १० बजे पक्राउ गरेको हो ।
महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिगएको प्रहरी टोलीले ठमेल जेपी मोडस्थित सियाङ होटलका सञ्चालक चिनियाँ नागरिक सिआयोलङ र पी. चुआन, हु वेनबिन, ही फुयु र लि सिआओ तोङ लाई पक्राउ गरेको हो । उनीहरुले जुवातास खेलिरहेको प्रहरीले फेला पारेको थियो ।
प्रहरीले उनीहरुको साथबाट १ लाख २३ हजार नेपाली रुपैयाँसमेत बरामद गरिएको छ । पक्राउ परेका उनिहरुलाई महानगरीय प्रहरी वृत्त लैनचौरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित















सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
ट्रम्पको चीन भ्रमणले इरान नीति प्रभावित
बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
२६ अंकले घट्यो नेप्से, काराेबार रकम साढे ६ अर्ब
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
प्रतिक्रिया