दूरसञ्चार प्राधिकरणको करिब १५ अर्ब बजेट

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका लागि आर्थिक वर्ष २०७८÷०७९ का लागि १४ अर्ब ६७ करोडको बजेट पारित भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्राधिकरणबाट पठाएको बजेटमा आवश्यक अध्ययन गरी स्वीकृति प्रदान गरेको हो । जसमा नेपालको आफ्नै स्याटेलाइटदेखि साइबर सुरक्षासम्मका परियोजनालाई प्राथामिकताका साथ राखिएको छ ।
यसअघि प्राधिकरणले आगामी आर्थिक वर्षका लागि वार्षिक कार्यक्रम तय गरी मन्त्रालयमा पठाएको थियो । त्यसमा मन्त्रालयले आवश्यक परिमार्जन गर्दै बजेट स्वीकृत गरेको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए । प्राधिकरणले उक्त बजेटमा काम गरेर प्राधिकरण बोर्डमा प्रस्तुत गर्ने र बोर्डबाट पास भएपछि बजेट कार्यान्वयनमा जाने उनले बताए ।
प्राधिकरणले ल्याएको आगामी आर्थिक वर्षको कार्यक्रममा नेपालको आफ्नै स्याटेलाइट स्थापना गर्ने सम्बन्धमा आवश्यक ऐन, नियम तथा रणनीतिक योजना तयार गर्ने योजना रहेको प्रवक्ता पौडेलले दाबी गरे ।
दूरसञ्चार नीति, ब्रोडव्याण्ड नीति र सञ्चार तथा सूचना प्रविधि नीतिलाई एकीकृत गरी नयाँ सूचना प्रविधि नीति तयार गर्ने, ६६ जिल्लाका सम्पूर्ण सामुदायिक क्याम्पस तथा सामुदायिक आधारभूत विद्यालयमा ब्रोडब्याण्ड इन्टरनेट दूरसञ्चार प्राधिकरणको बजेट साढे १४ अर्ब बढी, नेपालको आफ्नै स्याटेलाइटदेखि साइबर सुरक्षाका परियोजना पु¥याउने लगायतका विषय समेटिएको छ ।
त्यस्तै मध्यपहाडी लोकमार्ग तथा जिल्ला सदरमुकामहरुमा पूर्व–पश्चिम जोड्ने राजमार्ग, उत्तर दक्षिण जोड्ने राजमार्गमा अप्टिकल फाइबर नेटवर्क विस्तार गर्ने, दूरसञ्चार सेवाको पहुँच नपुगेका स्थानमा सेवा विस्तार गर्ने, सहरी क्षेत्रमा अव्यवस्थित रुपमा रहेका केवल तथा तारलाई व्यवस्थित गर्ने, इन्टरनेसनल इन्टरनेट गेटवे र डोमेस्टिक नेसनल नेटवर्कहरुको साइबर सुरक्षा प्रणाली स्थापना गर्ने लगायतका विषयलाई समेटिएको छ ।

















इरानमा शनिबार इजरायलले गरेको आक्रमणमा अमेरिका पनि संलग्न छ : डोनाल्ड ट्रम्प
बेलिब्रिज भाँचिदा अरुण नदीमा खस्यो निर्माण सामग्री बोकेको ट्रक
ला पाजमा सैन्य विमान दुर्घटना अपडेट : १५ जनाको मृत्यु
रास्वपाकाे आज काठमाडौँ उपत्यका केन्द्रित चुनावी अभियान
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
अन्तर्राष्ट्रिय शिक्षण–सिकाइ कार्यशाला आयोजना गर्दै न्यू समिट माध्यमिक विद्यालय
निर्वाचनका दिन गाडी चलाउन अनुमति लिनुपर्ने
फागुन २० गते राति १२ बजेदेखि मतदान नसकिएसम्म सवारीसाधन चलाउन नपाइने
‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’
चुनावमा घाइते हुने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने
प्रतिक्रिया