शुक्रबार, वैशाख १८, २०८३

हाइटीका राष्ट्रपतिको हत्या आरोपित ४ मारिए, २ प्रहरी नियन्त्रणमा

मेरोन्यूज २०७८ असार २४ गते १२:५९


काठमाडौं । हाइटीका राष्ट्रपतिको हत्यामा संलग्न रहेको भनिएका चार जना मारिएका छन् । राष्ट्रपति जोभेनल मोइसेको हत्यामा संलग्न रहेको समूहका चार जना प्रहरीसँगको दोहोरो भिडन्तमा मारिएका हुन् ।

Advertisement
NiccNicc

हाइटी प्रहरीले हत्यामा संलग्न दुई जना आक्रमणकारीलाई पनि नियन्त्रणमा लिएको छ । आक्रमणकारीहरूले तीन जना प्रहरीलाई नियन्त्रणमा लिएका थिए। तर बुधबार नै उनीहरू छाडिएको प्रहरीले जनाएको छ ।

प्रहरी प्रमुख लियोन चार्ल्सले बिहीबार टेलिभिजन ब्रिफिङमा भने’‘घटनास्थल छाडेपछि हामीले उनीहरूको भाग्ने बाटो छेकेका थियौं। त्यसबेलादेखि हामी उनीहरूसँग लडिरहेका छौं।’

राष्ट्रपति भवनमा अज्ञात बन्दुकधारीले मोइसेको बुधबार गोली हानेर हत्या गरिएको थियो । आक्रमणमा उनकी श्रीमती भने घाइते भएकी थिइन् । मोइसे सन् २०१७ मा हाइटीको राष्ट्रपति बनेका थिए । देशमा भ्रष्टाचार बढेको भन्दै सन् २०१८ देखि उनको राजीनामा माग हुँदै आएको थियो ।

केही समयअघि मोइसेले नै आफ्नो हत्या प्रयास भएको तर सुरक्षा अधिकारीहरूले त्यसलाई विफल पारेको बताएका थिए ।

प्रतिक्रिया