बढी भाडा लिने सवारीसाधन कारवाहीमा

डोटी । तोकिएको दरभन्दा बढी भाडा लिने सात सवारीसाधनलाई कारवाही गरिएको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीका अनुसार निषेधाज्ञा उलङ्घन गर्ने तथा यात्रुलाई टिकट नदिइ बढी भाडा लिने चार जीप तथा तीन हाईस गरी सात वटा सवारीसाधनलाई आज कारवाही गरिएको छ ।
कारवाहीमा परेका सवारीसाधनबाट ६ हजार ५०० जरिवाना समेत लिइएको छ । जिल्लामा सञ्चालन भइरहेका सावरीसाधनले बढी भाडा लिने गरेको गुनासो बढेपछि यहाँको स्थानीय प्रशासनले छड्के अनुगमन शुरु गरेको छ । दोस्रो चरणको कोरोना भाइरस कोभिड–१९ को माहामारीका बेला यात्रु ठगिन थालेपछि छड्के अनुगमन शुरु गरी सावारीसाधन जाँच गर्न थालिएको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले बताए ।
उनले भने, “कोरोनाको मौका छोपी यातायात सञ्चालकले यात्रु ठग्ने गरेको उजूरी आएपछि हामीले अनुगमन शुरु गरेका छौँ, यात्रु ठग्नेलाई जरिवानासमेत तिराउन थालेका छौँ ।” जिल्लामा कोरोना निषेधाज्ञा उलङ्घन गर्ने चार र यात्रुलाई टिकट नदिइ बढी भाडा लिने तीन सवारीसाधन कारवाहीमा परेका हुन् ।
यसैगरी डोटीबाट धनगढीका लागि छुट्ने केही सवारीसाधनले तोकिएको प्रति व्यक्ति भाडादर ५५० भन्दा बढी एक हजारसम्म भाडा लिँदै आएको गुनासो बढेको छ । पहिलो पटक बढी भाडा लिने सवारीसाधनलाई सामान्य जरिवाना तिराइ बढी लिएको यात्रुको भाडा फिर्ता गर्न लगाइएको र पुनः दोहरिए कानून बमोजिम कारवाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । रासस
















यही माघ १० देखि काठमाडौँ महानगरले सहिद सप्ताह सुरु गर्ने
चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् :चन्द्रप्रसाद ढकाल
स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा पौडेल
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया