कांग्रेस सस्थापन इतर नेताहरुको अनुपम फुडल्यान्डमा जमघट
समिति सदस्य भन्छन् : सस्थापनले पार्टी समायोजन र क्रियाशिल सदस्यतामा पेल्न खोजे, नेतागणको जवाफ : जर्वजस्ती गर्न खोजे नमान्नुस, असहमति दर्ता गरेर आउनुस्

काठमाडौं । महाधिवेशन आन्तरिक तयारीका लागि काग्रेस सस्थापन इतरका नेताहरु आन्तरिक तयारीमा जुटेका छन् । पार्टीभित्रको क्रियाशिल सदस्यता वितरण र अन्य पार्टीबाट कांग्रेस प्रवेश गरेका नेता–कार्यकर्ताको समायोजनका विषयमा केन्द्रीत रहेर सस्थापन इतरका नेताहरुले विहिवार काठमाडौंमा आन्तरिक छलफल गरेका छन् । काठमाडौंको वत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा बरिष्ठ नेता रामचन्द्र पौडेल,महामन्त्री डा शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, प्रकाशमान सिंह, शेखर कोइराला, रामशरण महत, अर्जुननरसिंह केसी लगायत नेताले समायोजन र क्रियाशिल सदस्यता छानविन समितिमा रहेका नेताहरुसँग आन्तरिक छलफल गरेका हुन । आफ्नो समुहका समितिमा रहेका नेताहरुसँग नेताहरुले छलफल गरेका हुन् ।
कांग्रेसले अन्य पार्टीबाट काग्रेसमा आएका नेता–कार्यकर्ताको समायोजनका लागि उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा समायोजन समिति र रमेश लेखकको संयोजकत्वमा क्रियाशिल सदस्यता छानविन समिति बनाएको थियो । क्रियाशिलमा सस्थापन इतर यो समुहबाट प्रदीप पौडेल, जीवन परियार र कल्याण गुरुङ सदस्य रहेका थिए ।
त्यसैगरी, निधि नेतृत्वको समायोजन समितिमा दीपक गिरी र दिलेन्द्र बडु सदस्य रहेका थिए । समायोजन गर्दा र क्रियाशिल सदस्यता वितरणमा शुरु देखि नै सस्थापन पक्षले पेलेर अगाडी जाने निति लिएको र अहिले पनि बलजस्ती गर्न खोजेको गुनासो आएपछि सस्थापन इतरका नेताहरुले समितिमै रहेका आफु पक्षका नेताहरुसँग त्यहा भईरहेका गतिविधिका विषयमा वुझने उदेश्यले छलफल आयोजना गरेको थियो । छलफल केही वेर अगाडी मात्रै सकिएको छ ।
कांग्रेसको १४ औं महाधिवेशन भदौं १६ देखि १९ गतेसम्म काठमाडौंमा आयोजना हुदैछ । त्यस अगाडी काग्रेसले क्रियाशिल सदस्यता टुग्गो लगाएर महाधिवेशन प्रतिनिधी चयनको प्रक्रिया पूरा गर्नुपर्नेछ ।
समायोजन र क्रियाशिलमा सस्थापनले वलजफती गरेमा महाधिवेशन प्रतिनिधी चयनमा समेत त्यसको प्रभाव पर्ने भएकाले शुरु देखि नै यस विषयमा चनाखो हुनुपर्ने निश्कर्ष बैठकमा निकालिएको सहभागी एक नेताले वताए ।
आजको उक्त छलफलमा दुवै समितिमा रहेका नेताहरुले सस्थापन पक्षले जर्वजस्त समायोजन र क्रियाशिल सदस्यताको विषयमा निर्णय लिएर जान खोजेको रिपोटिङ गरेका थिए । त्यसपछि शीर्ष नेताहरुले सस्थापन पक्षले वलजफती विषय टुग्याउन खोजेमा तत्काल आफुहरुलाई जानकारी दिन, सस्थापनको पेलाह नीतिलाई नस्वीकार्न र आवश्यक परे नोट अफ डिसेन्ट (असहमति) सम्म लेखेर आउन नेताहरुले सुझाव दिएका थिए ।
‘हामीले वलजफती सस्थापनले कतिपय निर्णय लिन खोजेको कुरा सुनायौं, नेतागणरुले त्यस्तो पेल्न खोजे भने निर्णय नस्वीकार्न र आवश्यक परे नोट अफ डिसेन्ट लेख्न समेत निर्देशन दिनुभएको छ,’ समितिका एक नेताले मेरोन्यूजलाई बताए ।
















श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा कामको घोषणा
आणविक मुद्दामा इरान अडिग, क्षेत्रीय तनाव चुलिँदै
बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री
बल्खु र वंशीघाट क्षेत्रका सुकुम्बासी बस्ती हटाइँदै
प्रदेश स्तरीय बाह्रसिङ्गा ब्याडमिन्टन प्रतियोगिता सुरु
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
प्रतिक्रिया