कांग्रेस सस्थापन इतर नेताहरुको अनुपम फुडल्यान्डमा जमघट
समिति सदस्य भन्छन् : सस्थापनले पार्टी समायोजन र क्रियाशिल सदस्यतामा पेल्न खोजे, नेतागणको जवाफ : जर्वजस्ती गर्न खोजे नमान्नुस, असहमति दर्ता गरेर आउनुस्

काठमाडौं । महाधिवेशन आन्तरिक तयारीका लागि काग्रेस सस्थापन इतरका नेताहरु आन्तरिक तयारीमा जुटेका छन् । पार्टीभित्रको क्रियाशिल सदस्यता वितरण र अन्य पार्टीबाट कांग्रेस प्रवेश गरेका नेता–कार्यकर्ताको समायोजनका विषयमा केन्द्रीत रहेर सस्थापन इतरका नेताहरुले विहिवार काठमाडौंमा आन्तरिक छलफल गरेका छन् । काठमाडौंको वत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा बरिष्ठ नेता रामचन्द्र पौडेल,महामन्त्री डा शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, प्रकाशमान सिंह, शेखर कोइराला, रामशरण महत, अर्जुननरसिंह केसी लगायत नेताले समायोजन र क्रियाशिल सदस्यता छानविन समितिमा रहेका नेताहरुसँग आन्तरिक छलफल गरेका हुन । आफ्नो समुहका समितिमा रहेका नेताहरुसँग नेताहरुले छलफल गरेका हुन् ।
कांग्रेसले अन्य पार्टीबाट काग्रेसमा आएका नेता–कार्यकर्ताको समायोजनका लागि उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा समायोजन समिति र रमेश लेखकको संयोजकत्वमा क्रियाशिल सदस्यता छानविन समिति बनाएको थियो । क्रियाशिलमा सस्थापन इतर यो समुहबाट प्रदीप पौडेल, जीवन परियार र कल्याण गुरुङ सदस्य रहेका थिए ।
त्यसैगरी, निधि नेतृत्वको समायोजन समितिमा दीपक गिरी र दिलेन्द्र बडु सदस्य रहेका थिए । समायोजन गर्दा र क्रियाशिल सदस्यता वितरणमा शुरु देखि नै सस्थापन पक्षले पेलेर अगाडी जाने निति लिएको र अहिले पनि बलजस्ती गर्न खोजेको गुनासो आएपछि सस्थापन इतरका नेताहरुले समितिमै रहेका आफु पक्षका नेताहरुसँग त्यहा भईरहेका गतिविधिका विषयमा वुझने उदेश्यले छलफल आयोजना गरेको थियो । छलफल केही वेर अगाडी मात्रै सकिएको छ ।
कांग्रेसको १४ औं महाधिवेशन भदौं १६ देखि १९ गतेसम्म काठमाडौंमा आयोजना हुदैछ । त्यस अगाडी काग्रेसले क्रियाशिल सदस्यता टुग्गो लगाएर महाधिवेशन प्रतिनिधी चयनको प्रक्रिया पूरा गर्नुपर्नेछ ।
समायोजन र क्रियाशिलमा सस्थापनले वलजफती गरेमा महाधिवेशन प्रतिनिधी चयनमा समेत त्यसको प्रभाव पर्ने भएकाले शुरु देखि नै यस विषयमा चनाखो हुनुपर्ने निश्कर्ष बैठकमा निकालिएको सहभागी एक नेताले वताए ।
आजको उक्त छलफलमा दुवै समितिमा रहेका नेताहरुले सस्थापन पक्षले जर्वजस्त समायोजन र क्रियाशिल सदस्यताको विषयमा निर्णय लिएर जान खोजेको रिपोटिङ गरेका थिए । त्यसपछि शीर्ष नेताहरुले सस्थापन पक्षले वलजफती विषय टुग्याउन खोजेमा तत्काल आफुहरुलाई जानकारी दिन, सस्थापनको पेलाह नीतिलाई नस्वीकार्न र आवश्यक परे नोट अफ डिसेन्ट (असहमति) सम्म लेखेर आउन नेताहरुले सुझाव दिएका थिए ।
‘हामीले वलजफती सस्थापनले कतिपय निर्णय लिन खोजेको कुरा सुनायौं, नेतागणरुले त्यस्तो पेल्न खोजे भने निर्णय नस्वीकार्न र आवश्यक परे नोट अफ डिसेन्ट लेख्न समेत निर्देशन दिनुभएको छ,’ समितिका एक नेताले मेरोन्यूजलाई बताए ।









झापामा ट्याक्टरसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
नेत्रहीन महिला विश्वकप क्रिकेट : फाइनलमा आज नेपाल र भारत भिड्दै
तनहुँमा ८ हजार ३६६ मतदाता थपिए
आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर
आज २०८२ साल मंसिर ७ गते आइतबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
फेरि सर्यो कांग्रेस केन्द्रीय समिति बैठक
चितवनविरुद्ध पहिला फिल्डिङ गर्दै लुम्बिनी
प्रतिक्रिया