शनिबार, फागुन १६, २०८२

व्यवसायीद्धारा आर्थिक विकासका लागि खोपको माग

मेरोन्यूज २०७८ असार २४ गते १७:३४


काठमाडौं । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघले नेपाल सरकारसँग कोभिड–१९ विरुद्ध खोपको माग गरेको छ । महासंघले स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्ण गोपाल श्रेष्ठलाई माग पत्र बुझाउँदै आर्थिक विकासका लागि आवत जावतमा सहजकता ल्याउन खोप प्राथमिकतामा परेकाले उपलब्ध गराउन ध्यानकर्षण गराएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

खोप मागका संयोजक एल. पी. सावाँ शेर्पाले नेपाल सरकारको समृद्ध नेपाल सुखी नेपाली अभियानलाई सफल बनाउन व्यवसायीको योगदान रहेकाले सहजकताका लागि खोप उपलब्ध गराउनुपर्नेमा जोड दिए ।


सहज रुपमा खोपको उपलब्धताका लागि सम्बन्धित मन्त्रालयलाई आग्रह गरेको महासंघले अग्रपंक्तिमा रहेर कार्य गर्ने स्वास्थ्यकर्मी, संचारकर्मी, सुरक्षाकर्मीलाई पहिलो प्राथमिकतामा राखेजस्तै स्थानिय, जिल्ला, प्रदेश र केन्द्रमा रहेका सम्पूर्ण उद्योगी व्यवसायीलाई खोप उपलब्ध गराईदिन माग गरेको शेर्पाले बताए ।

‘नियमित वितरण प्रणालीमा असहजता उत्पन्न हुन नदिन शीघ्र खोपको व्यवस्था मिलाई दिनुहुन एसोसिएसन अनुरोध गर्दछ,’ संयोजक शेर्पाद्धारा विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया