हेटौँडाबाट १२० किलो गाँजा बरामद, लागुऔषध तस्कर फरार
मेरोन्यूज
२०७८ असार २४ गते १८:१३

काठमाडौं । मकवानपुरको हेटौँडाबाट प्रहरीले अवैध १ सय २० किलो ९ सय ग्राम लागूऔषध गाँजा बरामद गरेको छ ।
वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ रिलायन्स बोर्डिङ स्कुल अगाडि रोकिराखेको प्रदेश ३–०१–०२२ च ७२३७ नम्वर को बोलेरो पिकअप गाडीमा लुकाइ छिपाई राखिएको उक्त गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
उनका अनुसार सो गाडीका चालकले प्रहरीको गाडी देख्नासाथ फरार भएको र शंकाको आधारमा प्रहरीले चेकजाँच गर्दा अवैध गाँजा फेला पारेको हो । फरार भएका गाडीका चालकको खोजी कार्य भइरहेको समेत प्रहरीले जनाएको छ ।
सम्बन्धित
















यही माघ १० देखि काठमाडौँ महानगरले सहिद सप्ताह सुरु गर्ने
चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् :चन्द्रप्रसाद ढकाल
स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा पौडेल
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया