हेटौँडाबाट १२० किलो गाँजा बरामद, लागुऔषध तस्कर फरार
मेरोन्यूज
२०७८ असार २४ गते १८:१३

काठमाडौं । मकवानपुरको हेटौँडाबाट प्रहरीले अवैध १ सय २० किलो ९ सय ग्राम लागूऔषध गाँजा बरामद गरेको छ ।
वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ रिलायन्स बोर्डिङ स्कुल अगाडि रोकिराखेको प्रदेश ३–०१–०२२ च ७२३७ नम्वर को बोलेरो पिकअप गाडीमा लुकाइ छिपाई राखिएको उक्त गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
उनका अनुसार सो गाडीका चालकले प्रहरीको गाडी देख्नासाथ फरार भएको र शंकाको आधारमा प्रहरीले चेकजाँच गर्दा अवैध गाँजा फेला पारेको हो । फरार भएका गाडीका चालकको खोजी कार्य भइरहेको समेत प्रहरीले जनाएको छ ।
सम्बन्धित
















श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा कामको घोषणा
आणविक मुद्दामा इरान अडिग, क्षेत्रीय तनाव चुलिँदै
बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री
बल्खु र वंशीघाट क्षेत्रका सुकुम्बासी बस्ती हटाइँदै
प्रदेश स्तरीय बाह्रसिङ्गा ब्याडमिन्टन प्रतियोगिता सुरु
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
प्रतिक्रिया