गृहसचिव महेश्वर न्याैपाने भन्छन्, नेपाल-भारत सीमा नियमन गरिन्छ

काठमाडाैं । सरकारले नेपाल–भारत खुला सिमानालाई क्रमशः व्यवस्थित एवं नियमन गर्दैै द्विदेशीय सीमाक्षेत्रमा आपाराधिक गतिविधि हुननदिन पारस्परिक सहमतिमा हरसम्भव प्रयत्न गर्ने बताएको छ ।
परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले राजधानीमा आज आयोजना गरेको ‘कोभिड–१९ को सन्दर्भमा सिमाना व्यवस्थापन, आप्रवासी कामदारको फिर्ती, सुरक्षा र नेपालको बाह्य सम्बन्ध’ विषय छलफलमा गृहसचिव महेश्वर न्यौपानेले नेपाल–भारत सीमा भएर आवतजावत गर्ने दुवै देशका नागरिकको परिचयसहितको अभिलेख राखिने बताए ।
सीमाना व्यवस्थापन सुरक्षाकर्मीहरूको उपस्थिति मात्र नभएर भन्सारको उचित प्रबन्ध, पशु तथा वनस्पति ‘क्वारेन्टिन’ अध्यागनलगायत विषय समेटिने भएकाले दुवै देशको सहमतिमा चरणबद्धरूपमा सिमाना व्यवस्थापन एवं नियमन गर्नुपर्ने विचार व्यक्त गरे ।
आगामी दुई वर्षभित्र द्विदेशीय सिमानामा सशस्त्र प्रहरी बलका ५०० ‘बोर्डर आउटपोष्ट’ स्थापना गर्ने सरकारी नीतिअनुसार काम भइरहेको बताउँदै सीमित स्रोत र साधनको अधिकतम उपयोग गरी त्यो लक्ष्य हासिल गरिने उनले बताए ।
देशको भौगोलिक विकटता तथा प्रतिकूल मौसमी परिस्थितिको सामना गर्दै सीमानाको व्यवस्थापन गर्नु चुनौतीपूर्ण रहेको यथार्थ सुनाउँदै उनले सीमा क्षेत्रका बासिन्दाको जीविकोपार्जनलाई समेत दृष्टिगत गरी स्पष्ट कार्ययोजनाका साथ काम गर्नुपर्ने बताए ।
“कोभिड–१९ को पहिलो लहरको महामारीका बेला सिमा क्षेत्रमा झेल्नुपरेका कठिनाईबाट हामीले पाठसिक्दै दोस्रो लहरको अहिलेको महामारीमा स्वास्थ्य सेवा प्रवाह, आप्रवासी कामदारको सुरक्षा, परीक्षण र उपचारलाई राज्यस्रोतले भ्याएसम्म व्यवस्थित गरिरहेका छौँ”, गृह सचिवले भने ।
















यही माघ १० देखि काठमाडौँ महानगरले सहिद सप्ताह सुरु गर्ने
चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् :चन्द्रप्रसाद ढकाल
स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा पौडेल
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया