आजको राशिफल : आषाढ २५ गते शुक्रबार

काठमाडौं । आज २०७८ साल आषाढ महिनाको २५ गते शुक्रबार, आषाढ कृष्णपक्षको अमावश्य तिथि ।अब लागौं आजको राशिफलतर्फ ।
मेष
पेशागत क्षेत्र स्थिर रहने छ । आम्दानीमा पनि केही बृद्धि देखा पर्ने छ । परिवारमा किचलो देखा पर्ने छ र बोलीमा कडापन आउने भएकाले संयमित हुनु होला । ढुवानीका सावारीसाधन, सार्वजनिक सवारीसाधन, उद्योग कलकारखाना, श्रम क्षेत्र, ठेक्कापट्टा आदिमा रहेकाहरुलाई अनुकुल रहने छ ।
वृष
पेशागत जीवन अनुकुल रहने छ । शिक्षा क्षेत्र, अध्ययन अध्यापन, शिक्षण, स्टेसनरी, उद्योग कलकारखाना, सवारीसाधन आदी क्षेत्रमा रहेकाहरुलाई अनुकुल देखिन्छ । बोलीमा प्रभावकारीता देखा परेता पनि आफैले बोलेको कुरा प्रति अडान नहुने हुन्छ ।
मिथुन
औसत प्रकृतिको समय रहेको छ । व्यक्तित्व दृढ खालको हुने भएता पनि व्यक्तित्वमा दोहोरो चरित्र पनि देखा पर्ने छ । जसले गर्दा अरु व्यक्तिहरुलाई तपाईप्रतिको धारणामा अन्योलता उत्पन्न गराउने छ । पेशागत जीवनमा अस्थिरताको सामना गर्नु पर्ने भएकाले धैर्यतापूर्वक मात्र कदम चाल्नु होला ।
कर्कट
लुलो खालको व्यक्तित्व हुने हुँदा प्रतिष्पर्धात्मक क्षमतामा पनि गिरावट आउने छ । मनमा खिन्नता धेरै आउने छ । संयमित भएर कदम चाल्नु पर्ने समय रहेको छ । पेशागत जीवनमा अस्थिरता उत्पन्न हुने छ ।सेक्युरिटी सर्भिस, होटल, रेष्टुरेण्ट, डान्स बार जस्ता क्षेत्रमा आवद्धहरुलाई प्रतिकुल देखिन्छ ।
सिंह
पेशागत जीवन स्थिर रहेता पनि आम्दानीमा भने अस्थिरता देखा पर्ने छ । साझेदारीमा गरिएका कामहरुमा बिबाद उत्पन्न हुन जाने छ । दाम्पत्य जीवनमा पनि बिबाद उत्पन्न हुने हुँदा सतर्क रहनु होला । घर घडेरी, होटल, रेष्टुरेण्ट। वाहन आदी बिक्रि गर्नु पर्ने अवस्था आउने चुनौति देखिन्छ ।
कन्या
आम्दानीमा पनि बढोत्तरी हुन जाने छ । भाग्य पनि बलियो भएका कारण सानो मेहनतबाट राम्रो आम्दानी प्राप्त हुने छ । बोलीको प्रभावले गर्दा पेशागत जीवनमा प्रगति हुने छ । पैतृक सम्पत्तिमा भने नोक्सानी हुने चुनौति रहेकाले संयमित रहनु होला । पत्रकारिता, संचार क्षेत्र, स्टेसनरी, वकालत, शिक्षण, अध्यापन जस्ता क्षेत्रमा आवद्धहरुलाई समय सकारात्मक रहने छ ।
तुला
भाग्यको साथका कारण आम्दानीको अवस्था भने सकारात्मक रहने छ । पेशागत जीवनमा उतारचढावको अवस्था आउने भएकाले गम्भीर भएर कदमहरु चाल्नु होला । पैतृक सम्पत्ति र संचित भएको धन अनुत्पादक क्षेत्रमा खेर जाने खतरा देखिएकाले विचार गरेर मात्र निर्णयहरु लिनु होला । घर घडेरीको कारोवार, होटल क्षेत्र, रेष्टुरेण्ट, सेक्युरिटी सभिर्सेज आदीमा आवद्धहरुलाई समय बाधक रहने छ ।
वृश्चिक
स–साना विषयलाई असाध्यै गम्भीर रुपमा लिने स्वाभाव देखा पर्दा तनावको क्रम अत्याधिक उत्पन्न हुन जाने छ । मनमा उदासिनता बढि हुने छ । पेशागत जीवनमा पनि चुनौतिहरु देखा पर्ने भएकाले धैर्यतापूवक कदमहरु चाल्नु होला । आम्दानीमा गिरावट आउने हुँदा यसको असर पारीवारिक जीवनमा देखा पर्ने छ ।
धनु
पारीवारिक जीवनमा सुख उत्पन्न हुने छ । तर बोलीमा अत्याधिक कडापनको मात्रा देखा पर्ने भएकाले यस बारेमा ध्यान दिनु होला । जीवनसाथिको साथमा कामहरु गरेमा लाभ मिल्ने छ भने यसले पेशागत वातावरणमा पनि सकारात्मक नतिजा प्रदान गर्न मद्धत हुने छ । धेरै जोखिमपूर्ण निर्णयहरु लिने बेला रहेको छैन् । पत्रकारिता, वकालत, न्याय क्षेत्र, पत्रकारिता, मार्केटिङ्ग, स्टेसनरी, शिक्षा क्षेत्र आदीमा आवद्धहरुलाई समय शुभ रहेको छ ।
मकर
आन्तरिक चुतरतामा बृद्धि हुने छ । उच्च मनोबलले भरिएको र प्रतिष्पर्धी व्यक्तित्व बन्ने छ । तर रिसको मात्रामा पनि भारी बढोत्तरी देखा पर्ने भएकाले रिस नियन्त्रणमा प्रयास गर्नै पर्ने हुन्छ । मनमा भने केही दुविधाका मात्रा देखा पर्न जाने छ । आम्दानीमा सोचे जस्तो प्रगति नहुँदा नकारात्मक विचारले मनमा स्थान पाउने छ ।
कुम्भ
बौद्धिकताको मात्रामा राम्रो बृद्धि हुने छ । सैद्धान्तिक ज्ञान प्राप्तिमा निरन्तर लागि पर्न चाहने विचार आउने छ । मनमा दृढता आउने भएता पनि दुविधाका क्रमहरु एकपछि अर्काे निरन्तर आइ रहँदा निर्णय क्षमतामा गिरावट हुन जाने छ । पेशागत जीवनमा महत्वाकांक्षा भन्दा निरन्तरतामा जोड दिनु होला । प्रतिष्पर्धात्मक क्षमतामा कमि आउँदा प्रतिष्पर्धीहरुबाट हेपिने अवस्था आउने छ ।
मीन
जीवनसाथिको साथ र सल्लाहमा कामहरु अघि बढाएमा प्रगति हुने छ । बोलीको प्रभाव बढ्ने छ । भाग्यहिनताको आभाषले गर्दा पैतृक सम्पत्तिको परिचालन समस्याहरु देखा पर्ने छ । विदेश यात्राका क्रमहरु सकारात्मक तर्फ जाने छन् । आम्दानीमा भने हल्का बृद्धि हुन पुग्ने हुँदा केही राहत मिल्ने छ ।










देशलाई निकास दिन सभापति छाड्न तयार छु, तर चुनावका लागि मात्रै भए सरी : रवि लामिछाने
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
जेनजीको रगतको थोपा खेर जान दिन्नँ – रवि लामिछाने
संसद् पुनर्स्थापना गरेर बैठक आह्वान गर्न राष्ट्रपतिसँग एमालेको माग
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया