आजको राशिफल : आषाढ २५ गते शुक्रबार

काठमाडौं । आज २०७८ साल आषाढ महिनाको २५ गते शुक्रबार, आषाढ कृष्णपक्षको अमावश्य तिथि ।अब लागौं आजको राशिफलतर्फ ।
मेष
पेशागत क्षेत्र स्थिर रहने छ । आम्दानीमा पनि केही बृद्धि देखा पर्ने छ । परिवारमा किचलो देखा पर्ने छ र बोलीमा कडापन आउने भएकाले संयमित हुनु होला । ढुवानीका सावारीसाधन, सार्वजनिक सवारीसाधन, उद्योग कलकारखाना, श्रम क्षेत्र, ठेक्कापट्टा आदिमा रहेकाहरुलाई अनुकुल रहने छ ।
वृष
पेशागत जीवन अनुकुल रहने छ । शिक्षा क्षेत्र, अध्ययन अध्यापन, शिक्षण, स्टेसनरी, उद्योग कलकारखाना, सवारीसाधन आदी क्षेत्रमा रहेकाहरुलाई अनुकुल देखिन्छ । बोलीमा प्रभावकारीता देखा परेता पनि आफैले बोलेको कुरा प्रति अडान नहुने हुन्छ ।
मिथुन
औसत प्रकृतिको समय रहेको छ । व्यक्तित्व दृढ खालको हुने भएता पनि व्यक्तित्वमा दोहोरो चरित्र पनि देखा पर्ने छ । जसले गर्दा अरु व्यक्तिहरुलाई तपाईप्रतिको धारणामा अन्योलता उत्पन्न गराउने छ । पेशागत जीवनमा अस्थिरताको सामना गर्नु पर्ने भएकाले धैर्यतापूर्वक मात्र कदम चाल्नु होला ।
कर्कट
लुलो खालको व्यक्तित्व हुने हुँदा प्रतिष्पर्धात्मक क्षमतामा पनि गिरावट आउने छ । मनमा खिन्नता धेरै आउने छ । संयमित भएर कदम चाल्नु पर्ने समय रहेको छ । पेशागत जीवनमा अस्थिरता उत्पन्न हुने छ ।सेक्युरिटी सर्भिस, होटल, रेष्टुरेण्ट, डान्स बार जस्ता क्षेत्रमा आवद्धहरुलाई प्रतिकुल देखिन्छ ।
सिंह
पेशागत जीवन स्थिर रहेता पनि आम्दानीमा भने अस्थिरता देखा पर्ने छ । साझेदारीमा गरिएका कामहरुमा बिबाद उत्पन्न हुन जाने छ । दाम्पत्य जीवनमा पनि बिबाद उत्पन्न हुने हुँदा सतर्क रहनु होला । घर घडेरी, होटल, रेष्टुरेण्ट। वाहन आदी बिक्रि गर्नु पर्ने अवस्था आउने चुनौति देखिन्छ ।
कन्या
आम्दानीमा पनि बढोत्तरी हुन जाने छ । भाग्य पनि बलियो भएका कारण सानो मेहनतबाट राम्रो आम्दानी प्राप्त हुने छ । बोलीको प्रभावले गर्दा पेशागत जीवनमा प्रगति हुने छ । पैतृक सम्पत्तिमा भने नोक्सानी हुने चुनौति रहेकाले संयमित रहनु होला । पत्रकारिता, संचार क्षेत्र, स्टेसनरी, वकालत, शिक्षण, अध्यापन जस्ता क्षेत्रमा आवद्धहरुलाई समय सकारात्मक रहने छ ।
तुला
भाग्यको साथका कारण आम्दानीको अवस्था भने सकारात्मक रहने छ । पेशागत जीवनमा उतारचढावको अवस्था आउने भएकाले गम्भीर भएर कदमहरु चाल्नु होला । पैतृक सम्पत्ति र संचित भएको धन अनुत्पादक क्षेत्रमा खेर जाने खतरा देखिएकाले विचार गरेर मात्र निर्णयहरु लिनु होला । घर घडेरीको कारोवार, होटल क्षेत्र, रेष्टुरेण्ट, सेक्युरिटी सभिर्सेज आदीमा आवद्धहरुलाई समय बाधक रहने छ ।
वृश्चिक
स–साना विषयलाई असाध्यै गम्भीर रुपमा लिने स्वाभाव देखा पर्दा तनावको क्रम अत्याधिक उत्पन्न हुन जाने छ । मनमा उदासिनता बढि हुने छ । पेशागत जीवनमा पनि चुनौतिहरु देखा पर्ने भएकाले धैर्यतापूवक कदमहरु चाल्नु होला । आम्दानीमा गिरावट आउने हुँदा यसको असर पारीवारिक जीवनमा देखा पर्ने छ ।
धनु
पारीवारिक जीवनमा सुख उत्पन्न हुने छ । तर बोलीमा अत्याधिक कडापनको मात्रा देखा पर्ने भएकाले यस बारेमा ध्यान दिनु होला । जीवनसाथिको साथमा कामहरु गरेमा लाभ मिल्ने छ भने यसले पेशागत वातावरणमा पनि सकारात्मक नतिजा प्रदान गर्न मद्धत हुने छ । धेरै जोखिमपूर्ण निर्णयहरु लिने बेला रहेको छैन् । पत्रकारिता, वकालत, न्याय क्षेत्र, पत्रकारिता, मार्केटिङ्ग, स्टेसनरी, शिक्षा क्षेत्र आदीमा आवद्धहरुलाई समय शुभ रहेको छ ।
मकर
आन्तरिक चुतरतामा बृद्धि हुने छ । उच्च मनोबलले भरिएको र प्रतिष्पर्धी व्यक्तित्व बन्ने छ । तर रिसको मात्रामा पनि भारी बढोत्तरी देखा पर्ने भएकाले रिस नियन्त्रणमा प्रयास गर्नै पर्ने हुन्छ । मनमा भने केही दुविधाका मात्रा देखा पर्न जाने छ । आम्दानीमा सोचे जस्तो प्रगति नहुँदा नकारात्मक विचारले मनमा स्थान पाउने छ ।
कुम्भ
बौद्धिकताको मात्रामा राम्रो बृद्धि हुने छ । सैद्धान्तिक ज्ञान प्राप्तिमा निरन्तर लागि पर्न चाहने विचार आउने छ । मनमा दृढता आउने भएता पनि दुविधाका क्रमहरु एकपछि अर्काे निरन्तर आइ रहँदा निर्णय क्षमतामा गिरावट हुन जाने छ । पेशागत जीवनमा महत्वाकांक्षा भन्दा निरन्तरतामा जोड दिनु होला । प्रतिष्पर्धात्मक क्षमतामा कमि आउँदा प्रतिष्पर्धीहरुबाट हेपिने अवस्था आउने छ ।
मीन
जीवनसाथिको साथ र सल्लाहमा कामहरु अघि बढाएमा प्रगति हुने छ । बोलीको प्रभाव बढ्ने छ । भाग्यहिनताको आभाषले गर्दा पैतृक सम्पत्तिको परिचालन समस्याहरु देखा पर्ने छ । विदेश यात्राका क्रमहरु सकारात्मक तर्फ जाने छन् । आम्दानीमा भने हल्का बृद्धि हुन पुग्ने हुँदा केही राहत मिल्ने छ ।
















ट्रम्पको चीन भ्रमणले इरान नीति प्रभावित
बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
दीपेन्द्रको शतकमा नेपालले यूएईलाई दियाे २९० रनको लक्ष्य
परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
चितवन अटो शो मा फोटोन नेपालको विशेष कमर्शियल मोबिलिटी अफर
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
प्रतिक्रिया