कोभिडविरुद्धको खोप चीनबाट आज आउँदै

काठमाडौं । सरकारले चीनबाट खरिद गरेको कोरोना विरुद्धको खोप आज काठमाडौं आइपुग्ने भएको छ। खोप लिन बिहीबार नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाज चीन गएको थियो। खोप लिएर चीनबाट उडेको विमान त्रिभुवन विमानस्थलमा बिहान आइपुग्ने निगमको कार्यतालिका छ । उक्त खोपलाई विमानस्थल र टेकुस्थित खोप भण्डारण केन्द्रमा राखिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
चीनबाट आज कति खोप आउछ भन्ने विषयमा अझै खुलाइएको छैन। विमान चीन जाने समयसम्म १० लाख डोज खोप आउने अनुमान गरिएको छ ।
सरकारले चीनसँग ४० लाख डोज खोप खरिदका लागि नन् डिस्क्लोजर एग्रीमेन्ट गरेको छ। सोही अनुसार पहिलो चरणमा खोप आउने भएको हो।
३ असारमा बसेको मन्त्रिपरिषदको बैठकले चार अर्ब ५० करोड रुपैयाँभन्दा नबढ्ने गरी खोप खरिद गर्ने निर्णय गरेको थियो।
‘आजदेखि तीनपटक जहाज खोप लिनका लागि चीन जाने छ । परिणाम ठूलो आउँछ तर कति आउँछ भन्ने यकिन छैन,’ मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले भने ।
उनले असार ३१ गते पुनः बाइडबडी जहाज खोप लिन जाने र साउन १ गते तथा साउन ७ गते पुनः जहाज नेपालबाट गएर साउन ८ गते खोप ल्याउने जानकारी दिए । ।
उनले पहिलोपटक खोप ल्याइसकेपछि मात्र कति मात्रा खोप नेपाल आएको यकिन हुने बताए ।
सरकारले चीनको बेइजिङस्थित सिनोफार्म कम्पनीको भेरोसेल खोप खरिदका लागि गोप्य सम्झौता गरेको हो। गोप्य सम्झौता भएका कारण चीनबाट कति मूल्यमा कति डोज खोप खरिद गरिएको भन्ने विषय सरकारले खुलाएको छैन ।
चीन सरकारले नेपाललाई १८ लाख डोज भेरोसेल खोप अनुदानमा दिएको थियो।
















यही माघ १० देखि काठमाडौँ महानगरले सहिद सप्ताह सुरु गर्ने
चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् :चन्द्रप्रसाद ढकाल
स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा पौडेल
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया