कोभिडविरुद्धको खोप चीनबाट आज आउँदै

काठमाडौं । सरकारले चीनबाट खरिद गरेको कोरोना विरुद्धको खोप आज काठमाडौं आइपुग्ने भएको छ। खोप लिन बिहीबार नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाज चीन गएको थियो। खोप लिएर चीनबाट उडेको विमान त्रिभुवन विमानस्थलमा बिहान आइपुग्ने निगमको कार्यतालिका छ । उक्त खोपलाई विमानस्थल र टेकुस्थित खोप भण्डारण केन्द्रमा राखिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
चीनबाट आज कति खोप आउछ भन्ने विषयमा अझै खुलाइएको छैन। विमान चीन जाने समयसम्म १० लाख डोज खोप आउने अनुमान गरिएको छ ।
सरकारले चीनसँग ४० लाख डोज खोप खरिदका लागि नन् डिस्क्लोजर एग्रीमेन्ट गरेको छ। सोही अनुसार पहिलो चरणमा खोप आउने भएको हो।
३ असारमा बसेको मन्त्रिपरिषदको बैठकले चार अर्ब ५० करोड रुपैयाँभन्दा नबढ्ने गरी खोप खरिद गर्ने निर्णय गरेको थियो।
‘आजदेखि तीनपटक जहाज खोप लिनका लागि चीन जाने छ । परिणाम ठूलो आउँछ तर कति आउँछ भन्ने यकिन छैन,’ मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले भने ।
उनले असार ३१ गते पुनः बाइडबडी जहाज खोप लिन जाने र साउन १ गते तथा साउन ७ गते पुनः जहाज नेपालबाट गएर साउन ८ गते खोप ल्याउने जानकारी दिए । ।
उनले पहिलोपटक खोप ल्याइसकेपछि मात्र कति मात्रा खोप नेपाल आएको यकिन हुने बताए ।
सरकारले चीनको बेइजिङस्थित सिनोफार्म कम्पनीको भेरोसेल खोप खरिदका लागि गोप्य सम्झौता गरेको हो। गोप्य सम्झौता भएका कारण चीनबाट कति मूल्यमा कति डोज खोप खरिद गरिएको भन्ने विषय सरकारले खुलाएको छैन ।
चीन सरकारले नेपाललाई १८ लाख डोज भेरोसेल खोप अनुदानमा दिएको थियो।
















उपसभामुख रुवी ठाकुर अस्पताल भर्ना
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
खातामा प्यान र ईमेल ठेगाना अद्यावधिक गर्न एनआईसी बैंकको आग्रह
कमलादेवी पन्त कांग्रेस राष्ट्रियसभा संसदीय दलको नेतामा मनोनीत
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया