पूर्व माओवादी नेताले मागे माओवादी केन्द्र खारेजीको माग

काठमाडौँ । माओवादी केन्द्र अवैधानिक रहेकाे भन्दै खारेज गर्न निर्वाचन आयाेगमा उजुरी दर्ता गरेका एमाले प्रवेश गरेका पूर्व माओवादी खेमाका नेताहरू आयोग गएका छन् । अधिवक्ता सराेध बुढाथोकीसहित पूर्व माओवादी नेताहरू आयाेग पुगेका हुन् ।
बुढाथोकीले बुधबार आयोगमा उजुरी दर्ता गरेका थिए । नेकपा माओवादी केन्द्रले पुनः विधान संशाेधन गरेर आयोगमा दर्ता गराएको पाएपछि त्यसकाे प्रमाणित प्रति माग्न निर्वाचन आयोग जान लागेकाे उनले मेरो न्युजलाई जानकारी दिए ।
आयोगमा छलफल गर्न आफूहरू जान लागेकाे एमाले प्रवेश गरेका पूर्व माओवादी नेता गौरीशंकर चौधरीले जानकारी दिए । माओवादी खेमाका एमाले नेताहरु टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा र गौरीशंकर चौधरी आज ११ बजे निर्वाचन आयोगमा जान लागेका हुन् ।
रायमाझी, साह, थापा, चौधरी र लेखराज भट्ट माओवादीबाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । उनीहरुलाई माओवादीले दल त्याग गरेपछि कारबाही गरेको थियो । उक्त कारबाही र पार्टी नै अवैधानिक भएको भन्दै उनीहरु निर्वाचन आयोग गएका हुन् ।
अधिवक्ता बुढाथोकी बिहीबार पनि आयाेगमा पुगेका थिए । उनले बिहीबार आपसी सहमतिमा छुट्टिन खोजेको जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समिती पनि अवैध रहेकाे भन्दै विधान राजनीतिक प्रतिवेदनहरू माग गरेका थिए ।
‘माओवादी केन्द्रमा मात्रै हाेइन जसपाकाे केन्द्रीय कार्यकारिणी समिती पनि अवैध देखियो, राप्रपा पनि उस्तै अवस्थामा रहेकाे छ, जसपाको विधान प्रतिवेदन मागेकाे छु,’ अधिवक्ता बुढाथाेकीले भने, ‘माओवादी केन्द्रले नयाँ विधान पेश गरेकाे रहेछ, त्याे माग्न र थप छलफल गर्न आयाेग जाने लागेकाे हुँ ।’
नेकपा एमालेकाे विषयमा भने उनले खुलेर बोल्न चाहेनन् । ‘वैशाखमा महाधिवेशन गर्दा एमाले पनि अवैध चाहिँ हुन्छ,’ उनले भने
















ट्रम्पको चीन भ्रमणले इरान नीति प्रभावित
बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
दीपेन्द्रको शतकमा नेपालले यूएईलाई दियाे २९० रनको लक्ष्य
परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
चितवन अटो शो मा फोटोन नेपालको विशेष कमर्शियल मोबिलिटी अफर
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
२६ अंकले घट्यो नेप्से, काराेबार रकम साढे ६ अर्ब
प्रतिक्रिया