कांग्रेसको सभापतिमा आकांक्षीबीच बैठक जारी

काठमाडौँ । कांग्रेसको १४ औँ महाधिवेशनबाट नेतृत्व चयन गर्ने सम्बन्धमा संस्थापनइतर पक्षका सभापतिका आकांक्षीहरूबीच सामूहिक छलफल चलिरहेको छ ।
पूर्व सहमहामन्त्री अर्जुननरसिंह केसीको पहलमा काठमाडौँ बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा संस्थापनइतर पक्षका सभापतिका आकांक्षीहरूबीच पहिलो बैठक बसेको हो । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्व महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, पूर्व सहमहामन्त्री रामशरण महत र केन्द्रीय सदस्य डा. शेखर कोइराला सहभागी छन् ।
आसन्न महाधिवेशनमा संस्थापनइतर समूहबाट एकजनाले मात्रै उम्मेदवारी दिनु पर्ने भन्दै नेता केसीले छलफल गराएका हुन् । ‘देउवाजीको नेतृत्वमा अब पार्टीले गति लिन सक्दैन, त्यसमा हामी सबैजना एकमत नै छौँ, फेरि सबै जना विभाजित भएर उहाँलाई जित्न सक्ने अवस्था पनि छैन,’ केसीले भने ।
संस्थापन पक्षबाट सभापतिका लागि शेरबहादुर देउवा र विमलेन्द्र निधि आकांक्षी छन् । कांग्रेसको १४ औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म हुँदै छ ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
पठाइएका कर्मचारीलाई हाजिर गराउन र सरुवा भएकालाई रमाना दिन सामान्यको निर्देशन
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रतिक्रिया