वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा

वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको नौ महिनामा २६ अर्ब १३ करोड रुपैयाँ मूल्य पर्ने सवारीसाधन र पार्टपुर्जा भित्रिएको छ ।
गत आर्थिक वर्षको नौ महिनाको तुलनामा चालु आवको सोही अवधिमा छ अर्ब ९४ करोड अर्थात् ३६.१९ प्रतिशत बढीको आयात भएको हो । जबकि गत आवको नौ महिनामा भने १९ अर्ब १९ करोड रुपैयाँ मूल्य पर्ने सवारीसाधन र पार्टपुर्जा भित्रिएको थियो ।
वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आवमा सवारीसाधन र सोमा प्रयोग हुने पार्टपुर्जाको आयातमा बढोत्तरी भएको बताए । चालु आवको नौ महिनामा सवारीसाधनमा प्रयोग हुने पार्टपुर्जाको आयातबाट मात्रै १८ अर्ब २२ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । जबकि गत आवको सोही अवधिमा भने सवारीसाधन आयातबाट मात्रै १४ अर्ब ८४ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।
चालु आवको नौ महिनामा एक अर्ब १७ करोड रुपैयाँ मूल्य पर्ने ५९१ वटा इन्धनबाट चल्ने जीप, कार र भ्यान आयात भएको छ । जबकि गत आवको सोही अवधिमा भने एक अर्ब ६६ करोड रुपैयाँ मूल्य पर्ने ८०५ वटा इन्धनबाट चल्ने जीप, कार र भ्यान आयात भएको थियो । चालु आवको नौ महिनामा छ अर्ब ४२ करोड रुपैयाँ मूल्य पर्ने ४५ हजार ६२० वटा मोटरसाइकल (अन एसेम्वल्ड) आयात भएको छ । जबकि गत आवको नौ महिनामा भने चार अर्ब ६७ करोड रुपैयाँ मूल्य पर्ने ३५ हजार ७९९ वटा मोटरसाइकल (अन एसेम्वल्ड) आयात भएको छ ।
त्यस्तै चालु आवको नौ महिनामा दुई अर्ब चार करोड रुपैयाँ मूल्य पर्ने २१ हजार ६३९ वटा ट्याक्टर तथा टिलर आयात भएको छ । जबकि गत आवको नौ महिनामा भने एक अर्ब ३५ करोड रुपैयाँ मूल्य पर्ने १३ हजार ८६१ वटा ट्याक्टर तथा टिलर आयात भएको छ ।
चालु आवको नौ महिनामा दुई अर्ब ९८ करोड रुपैयाँ मूल्यका विद्युतीय सवारीसाधन भित्रिएको छ । गत आवको नौ महिनाको तुलनामा चालु आवको सोही अवधिमा मूल्यको आधारमा विद्युतीय सवारीसाधनको आयात १०२ प्रतिशत अर्थात् एक अर्ब ५० करोड रुपैयाँ बढी आयात भएको हो । जबकि गत आवको नौ महिनामा भने एक अर्ब ४८ करोड रुपैयाँ मूल्यका विद्युतीय सवारीसाधनको आयात भएको छ ।
















वर्षापछि काठमाडौँ उपत्यकाको वायुको गुणस्तरमा सुधार
उपसभामुख ठाकुरको स्वास्थ्यमा सुधार
मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर
जलजला–सिसाखानी सडक आठ वर्षपछि स्तरोन्नति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया