विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि विश्व बैंंकले १० करोड डलर ऋण सहायता दिने

काठमाडौं । विश्व बैंकले विद्यालय क्षेत्र विकास कार्यक्रम तथा स्वास्थ्य क्षेत्रमा कार्यदक्षता र सार्वजनिक स्रोत व्यवस्थापनको कार्यान्वयनका लागि १० करोड अमेरिकी डलर ऋण सहायता दिने भएको छ ।
उक्त ऋण स्वीकृत गरेको नेपाल स्थित विश्व बैंकको कार्यालयले जनाएको छ । गरिब र कमजोर जनसंख्याका लागि विद्यालय र स्वास्थ्य प्रणालीको सशक्तीकरणमार्फत् मानव पुँजी विकासमा योगदान पुग्ने छ ।
विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि अतिरिक्त लगानीले सिकाइका कमीको पूर्ति, गरिब छात्रछात्रा लक्षित छात्रवृत्ति, विज्ञान विषयका लागि छात्रवृत्ति लगायतका कार्यक्रम सञ्चालन हुनेछन् । यसले विद्यालय क्षेत्रका आगामी कार्यक्रमका लागि आधार तयार गर्ने छ ।
स्वास्थ्य क्षेत्रमा आएको सहायताले स्वास्थ्य क्षेत्र रणनीतिको कार्यान्वयनमा सहयोग पुग्ने अपेक्षा लिइएको छ । कोरोना महामारीबाट प्रभावित क्षेत्रलाई माथि उकास्न समेत यो सहायता महत्वपूर्ण हुने छ ।









एनपिएलः आज दुई खेल हुँदै
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
आज २०८२ साल मंसिर ११ गते बिहीबारको राशिफल
प्रधानमन्त्रीको सचिवालयमा अब कति जना ?
दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
बलिउड अभिनेता धर्मेन्द्रको निधन
प्रतिक्रिया