विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि विश्व बैंंकले १० करोड डलर ऋण सहायता दिने

काठमाडौं । विश्व बैंकले विद्यालय क्षेत्र विकास कार्यक्रम तथा स्वास्थ्य क्षेत्रमा कार्यदक्षता र सार्वजनिक स्रोत व्यवस्थापनको कार्यान्वयनका लागि १० करोड अमेरिकी डलर ऋण सहायता दिने भएको छ ।
उक्त ऋण स्वीकृत गरेको नेपाल स्थित विश्व बैंकको कार्यालयले जनाएको छ । गरिब र कमजोर जनसंख्याका लागि विद्यालय र स्वास्थ्य प्रणालीको सशक्तीकरणमार्फत् मानव पुँजी विकासमा योगदान पुग्ने छ ।
विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि अतिरिक्त लगानीले सिकाइका कमीको पूर्ति, गरिब छात्रछात्रा लक्षित छात्रवृत्ति, विज्ञान विषयका लागि छात्रवृत्ति लगायतका कार्यक्रम सञ्चालन हुनेछन् । यसले विद्यालय क्षेत्रका आगामी कार्यक्रमका लागि आधार तयार गर्ने छ ।
स्वास्थ्य क्षेत्रमा आएको सहायताले स्वास्थ्य क्षेत्र रणनीतिको कार्यान्वयनमा सहयोग पुग्ने अपेक्षा लिइएको छ । कोरोना महामारीबाट प्रभावित क्षेत्रलाई माथि उकास्न समेत यो सहायता महत्वपूर्ण हुने छ ।
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
हर्क साम्पाङले मागे बालेनको राजिनामा
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
त्रिविका उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारले राजीनामा दिँदै
सुनचाँदीको मूल्यमा केही गिरावट
प्रतिक्रिया