शुक्रबार, वैशाख १८, २०८३

त्रिविका उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारले राजीनामा दिँदै

मेरोन्यूज २०८३ वैशाख १७ गते १३:०७

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारले पदबाट राजीनामा दिने भएका छन्।

Advertisement
NiccNicc

त्रिविमा प्रा.डा. दीपक अर्याल उपकुलपति, प्रा.डा. खड्ग केसी शिक्षाध्यक्ष र प्रा.डा. केदार रिजाल रजिस्ट्रार छन्। नयाँ सरकारलाई सहयोग गर्न भन्दै उनीहरूले राजीनामा दिन लागेका हुन् ।

स्रोतका अनुसार, आज बिहान त्रिविका पदाधिकारीको बैठक बसेको थियो । साे छलफल पश्चात नयाँ सरकारालाई काम गर्न सहजताको लागि उनीहरुले मार्गप्रशस्त गर्नेभएका हुन् ।

उनीहरूले कुलपतिसमेत रहेका प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा दिनेछन्।

सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। उक्त अध्यादेशमाथि राष्ट्रपतिले अध्ययन गरिरहेका छन् ।

प्रतिक्रिया